arrow

बुधबार मेघगर्जनसहित वर्षा हुने दिन, कहाँ कस्तो प्रभाव

logo
प्रकाशित २०७६ चैत १९ बुधबार
weather11.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। 

मौसमविद् मीनकुमार अर्यालका अनुसार पश्चिमी भूभाग र तराईका केही स्थान छाडेर आंशिक बदली रहेको छ । पूर्वी भूभागमा पनि आंशिक बदली भएको छ । 

काठमाडौं उपत्यकामा पनि भिजिबिलिटी कम भएको छ । बिहानको मौसममा धुम्मिदै गएको छ मौसम । 

उपत्यकासहित मध्य र पूर्वका पहाडी भूभागमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । पश्चिमका पहाडी भूभागमा पनि वर्षा हुन सक्नेछ । 

कतिपय पहाडी भूभाग (मध्य र पूर्व) मा खण्डित वर्षा (आइसोलेटेड) वर्षा हुने छ । 

काठमाडौं उपत्यकामा तापक्रम १३ डिग्री सेल्सियस र अधिकतम तापक्रम ३० डिग्रीसम्म पुग्नेछ । भिजिबिलिटी ४ किलोमिटर रहेको छ । 

देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा र मध्य र पूर्वका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । हिमाली भूभागका केही स्थानमा  हल्का हिमपातको सम्भावना रहेको छ । 

राति देशका पहाडी भूभागमा आंशिक बदली रही पहाडी  भूभागका एक र दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । 

बिहीबार र शुक्रबार भने मौसम सफा रहने मौसमविद् अर्यालले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ