arrow

अब कर्णालीबासीका घर घरमा गएर उपचार, के के ल्याए मुख्यमन्त्रीले सामग्री ?

जहाँ बिरामी भेटिन्छ, त्यहि उपाचार हुन्छ 

logo
युद्घ बहादुर मल्ल,
प्रकाशित २०७६ चैत १८ मंगलबार
sshi.jpg

मुगु । कर्णाली प्रदेश सरकारले कर्णालीबासीका घरघरमा गएर कोरोना चेकचाज गर्न १० वटै जिल्लाबाट करारमा कर्मचारी भर्ना गर्ने  भएको छ । कर्णालीका तीन जिल्ला डोल्पा, हुम्ला र मुगुमा संघीय सरकारबाट प्राप्त स्वास्थ्य सामग्री हस्तान्तण गर्न मंगलबार मुगु पुगेका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कोराना विरुद्धको युद्ध लड्न कर्णाली प्रदेश सरकारले तीन महिनाको लागी करारमा स्वास्थ्य कर्मचारी भर्ना गर्न लागेको बताए ।

कोराना भाइरस (कोभिड १९) को युद्ध बिश्वले लडिरहेका बेला कर्णाली प्रदेशमा पनि कोराना विरुद्धको लडाईमा कर्णाली प्रदेश सरकार लडिरहेको उनले भने । 

अझै सशक्त रुपमा कोराना भाईरसकाबिरुद्ध लड्न प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लामा रहेका स्वास्थ्य क्षेत्रमा अध्ययन गरी बेरोजगार भएर बसेका जनशक्तिलाई करार भर्ना गर्ने र तीन महिनाका लागी भएपनि युवाहरुलाई रोजगारी दिने मुख्यमन्त्री शाहीले बताए ।

कर्णाली प्रदेशमा कोराना भाईरसका विरुद्ध युद्ध लडी रहदाँ आजका दिनसम्म त कोरानाले आक्रमण गर्न सकेको छैन तैपनि आक्रमण गरि हालेमा कर्णाली प्रदेश सरकार बिशेष तयारीका साथ लागी परेको र क्वारेन्टाइन, आइसोलेशन वेड जिल्ला जिल्लामा तयारी पारी बाहिरबाट आएका ब्यक्तिको बिशेष निगारानी गरी क्वारेन्टाइनमा राख्ने गरेको उनले बताए ।

बिशेष गरी कर्णाली प्रदेशमा बिदेशबाट आउने भन्दा छिमेकी मुलुक भारत गएकाहरु धेरै गाउँ भित्रिएका छन, भारतको पनि हिमान्चल प्रदेशमा कर्णालीका बासिन्दा कामको खोजिमा जाने भएकाले हिमान्चल प्रदेशमा कोरानाको भाईरस नफैलिदै कर्णालीबासी नेपाल फर्किएकाले कोरानाको संक्रमण कर्णाली बासीमा छैन, यदि भएपनी भारतबाट आएका ब्यक्तिको खोजि गदै १४ दिन सम्म क्वारेन्टाइनमा राख्ने गरेका छौ । कोराना भाईरसका बिरुद्ध कर्णाली प्रदेश सरकारले युद्ध नै सम्झेर लागी परेको छ, यसमा साथ दिन १० वटै जिल्लाका स्थानीय तहहरुले पनि प्रदेश सरकारलाई सहयोेग गर्नुपर्ने मुख्य मन्त्री शाहीले आग्रह गरे  ।

स्थानीय तहहरुसंग समन्वय गरी प्रदेश सरकारले वडास्तरमा सहयोेगि समिति गठन गर्ने  छ र त्यस समितिले शंकास्प

 बिरामीको पहिचान गरी क्वारेन्टाइनमा राख्ने र उस्को खाना, बस्नको लागी त्यो समितिले काम गर्ने छ ।

जहाँ बिरामी भेटिन्छ, त्यहि उपाचार हुन्छ 
कर्णाली प्रदेशका १० वटै जिल्लाहरुमा जहाँ बिरामी भेटिन्छ त्यहि उपचार गरेर ठिक पार्ने रणनिती कर्णाली प्रदेशको लिएको छ। भुकम्प आएजस्तो बिरामीलाई जिल्ला अस्पताल ल्याउने होईन । जुन घरमा, जुन टोलमा, जुन गाउँ वडामा रोग फैलिन्छ त्यहि सम्पुर्ण जनशत्ति केन्द्रीत गरेर ठिक पार्ने योजनाका साथ कर्णाली प्रदेश सरकार लागी परेको मुख्य मन्त्री शाहीको बताए । 

आखाँले नदेखिने भाईरससंग लड्न चुनौति छ । यो समय भिडबाडमा नबसी एकान्तमा होम क्वारेन्टाइनमा बस्ने समय हो । भिडबाडमा बस्नु भन्दा लेखतिर औैलतिरका एकान्त घरमा बसे, नियमित साबुन पानीले हात धोई सरसफाई गरे यस्ले आक्रमण गर्न नसक्ने भएकाले कर्णाली बासीलाई लेख र औलतिर एक्लैै बस्न पनि मुख्यमन्त्री शाहीले आग्रह गरे ।

स्वाब परिक्षण गर्नु परेमा: हेलीकप्टर तयारी अवस्थामा
ग्रामिण भेग यातायतको पुहँच नपुगेका स्थानबाट शंकास्पद बिरामीको स्वाब परिक्षण गर्न परेमा हेलीकप्टरको प्रयोग गरिने छ । कणालीबासीहरुको बसोबास दुर्गम तथा विकट ठाँउमा भएको र एक गाँउबाट अर्को गाँउसम्म पुग्न एक दिनसम्म लाग्ने अझ जिल्ला अस्पतालहरुसम्म पुग्न २-३दिनसम्म लाग्ने भएकाले कतै विरामी भेटिएमा उनीहरुको स्वाब परिक्षणका लागी लिन सडक पुगेका ठाँउमा एम्बुलेन्स र सडक नपुगेका ठाँउमा हेलिकप्टर प्रयोग गरिने भएको हो ।

युद्धबाटपछि नहट्न कर्मचारीलाई आग्रह
कोराना भाईरसको युद्ध लडिरहेका बेला कमंचारीलाई हार मानी पछी  नहट्न  मुख्यमन्त्री शाहीले आग्रह गरेका छन । साम्रगी्र छैन भनेर पछी नहट्नु होला युद्धको मैेदानबाट पछी हटे हार हुन सक्छ ।  सामग्री ब्यबस्थापनमा सरकार लागी परेको छ स्वास्थ्य सामग्री जुटाउदैछ, हार नमानी कोराना बिरद्ध लड्न आग्रह गदै शाहीले भाईरसका बिरुद्ध लड्ने स्वास्थ्य कर्मचारीलाई सत्तप्रतिशत तलब बढाउने र सुरक्षाकर्मिलाई ५० प्रतिशतका दरले तलबमा बुद्धि गर्ने पनि उनले खुलासा गरे ।

के के ल्याए मुख्यमन्त्रीले स्वास्थ्य सामग्री
डोल्पा, हुम्ला हुदै मंगलबार दिउसो ३ बजे मुगु आएका मुख्यमन्त्री शाही र सामाजिक मन्त्री दल बहादुर रावलतले नेपाली सेनाको हेलिकप्टर मार्फत स्वास्थ्यकर्मीहरुका लागी चाहिने सामग्री  जिल्ला अस्पताललाई हस्तान्तण गरेका छन। जसमा सर्जिकल गाउन ८५, माक्स ३०००, डिस्पोजल गोल्लोब्स १८००, एन ९५ माक्स २५ पिस, ईन्फोथर्ममिटर१, हइान्डमेड गाउन ५०, भाईजर ५०, गगल्स चस्मा ५, सेनिटाईजर १०० एमएल १ बोतल र पम्पलेट ३ ठेली प्राप्त भएको मुगु जिल्ला अस्पताल विकास समितीका अध्यक्ष पारसमणी मल्लले बताए ।

अहिले स्वास्थ्यकर्मीहरुका लागी उपलब्ध गराएका सामगी्रहरु जिल्ला अस्पतालका लागी मात्र भएको र सबै स्वास्थ्य सस्था र स्वास्थयकर्मि हरुका लागी प्रदेश सरकारले हप्ता दिन भित्र सुचना गरेर स्वास्थ्य सामग्रीहरु खरिद गर्ने मुख्यमन्त्री शाहीले बताए । मुगु जिल्लामा १ अस्पताल सहित २५ वटा स्वास्थ्य सस्थाहरु रहेका छन । ति स्वास्थ्य सस्थाहरुमा स्वास्थ्यकर्मीहरुका लागी आवश्यक सामग्री नहुदा खुल्ला हात र शरिर सर्वसाधारणको उपचार गरिहेका छन भने कहि स्वास्थ्यकर्मीहरुले प्लाष्टिकका गाउन बनाएर प्रयोग गर्ने गरेका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ