काठमाडौ । नेपाली कांग्रेसका नेता एवम् काठमाडौं महानगरका मेयर पदका उम्मेद्वार राजुराज जोशीले विदेशबाट आएका कति व्यक्ति काठमाडौंमा छन् ,तिनीहरुको तथ्यांक जनतालाई दिदै उनीहरुको अवस्था के छ सार्वजनिक गर्न काठमाडौ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई आग्रह गरेका छन् ।
प्रेस विज्ञप्ति जारी गर्दै जोशीले महानगर जनताको स्वास्थ्य जस्तो गम्भीर विषयमा संवेदनशील नभएको आरोप लगाएका छन् ।
उनले कोरनाका बेला जनतालाई उपभोग्य बस्तु वितरणमा सहज बनाउन समेत शाक्यलाई अनुरोध गरेका छन् । जोशीले कोरोनाका कारण कालोबजारी बढेको भन्दै त्यसको नियन्त्रण तर्फपनि शाक्यको ध्यानाकर्षण गराएका छन् ।
जोशीले महानगरले नागरिकलाई सहज र सुलभ हुने खालका प्याकेज घोषणा गर्नपनि शाक्यलाई आग्रह गरेका छन्