arrow

बजार सुनसान, गाँउघरमा चहलपहल: गाँउले भन्छन - 'के हो लकडाउन थाहा छैन'

logo
युद्घ बहादुर मल्ल,
प्रकाशित २०७६ चैत १७ सोमबार
mugu-bazar.jpg

मुगु ।  कोराना भाईरस (कोभिड १९) को संक्रमण नफैलियोस भनेर नेपाल सरकारले गत मंगलबार बिहान ६ बजे देखि देशभर लकडाउनको घोषणा गरेको भएपनि मुगुका ग्रामिण भेगत्रमा भने लकडाउनको  प्रभाव देखिएको छैन ।

नेपाल सरकारले लकडाउनको घोषणा गरी नागरिकलाई होम क्वारेन्टाईनमा बस्न आग्रह गरेको भएपनि लकडाउनको अवज्ञा गरी नागरिक रहर जस्तो  मान्ने गरेका छन भने कसैले लकडाउनका बारेमा नबुझेकाले पनि ग्रामिण क्षेत्रमा खुल्ला रुपमा हिड्डुल गर्ने गरेका छन ।

ग्रामिण भेग तिर बस्ने नागरिकले लकडाउनका बारे जान्न बुझन्न नपाएर पनि गाउँमा लकडाउनको प्रभाव नपरेको हो । लकडाउन मात्र हाईन गाँउघर तिर कोरोना भाइरस बारे पनि जानकारी छैन गाउलेहरु भन्छन हैजा महामारी जस्तो आएको छ रे बजार तिर फैलने हो गाँउमा त केहि हुदैन त्यसैले त शहरमा पढन काम गर्न गएकाहरु गाँउ फर्केका हुन गाउमा पनि फैलने भए किन आउथे स्थानीयहरुको भनाई उल्लेख गदै छायाँनाथ रारा नगरपालिका वडा नं १० तल्लेख गाँउका स्थानीय अंक बहादुर बुढाले फोन मार्फत बताए ।

कोरोना रोग र लकडाउन बारे गाँउघरमा वास्ता नै छैन र जानकार पनि छैनन साविक झै गाँउलेहरु नियमित घरखेतमा काम गरिरहेका छन, जमघट भएर भलाकुसारी गर्ने गरेको भामवडा गाँउका स्थानीय नन्द बहादुर रोकायाले फोन मार्फत बताए ।

सोरु गाँउपालिका जडेपानी गाँउका स्थानीय धिरेन्द्र बहादुर शाहीले पनि गाँउपालिकाको केन्द्र सोरुकोटमा मात्र लकडाउनले बजार बन्ध भएको र आसपासमा मात्र कोरोना रोग बारे सामान्य जानकारी पाएको बताए उनले भने यदि गाँउमा रोग फैलिए भयावह स्थिती आउने अवस्था छ एक त गाँउलेहरुमा कोरेना बारे जानकारी छैन त्यसमा पनि गाँउघरमा भेटघाट गर्ने, एक घरबाट अर्को घरमा जाने र गाँउमा बाहिरबाट आफन्त आए भेटघाट गर्ने चलन रहेको छ, माक्स लगाउनु पर्ने, हात सावुन पानीले धुनु पर्ने,सामाजिक दुरी कायम गर्नु पर्ने र बाहिरबाट आएकालाई होम क्वारेन्टाईनमा वा सरकारी क्वारेन्टाईनमा बसाल्नु वा बस्नु पर्ने बारे कसैलाई थाहा छैन । 

ग्रामिण क्षेत्रमा न एनजिओ,न स्थानीय सरकार न प्रदेश सरकार न संघिय सरकार कसैले कोरोना बारे जनचेतना जगाउने कार्य गरेका छैनन बरु रेडियो नेपालबाट अलिअलि बुझेका छन उनले फोन मार्फत भने । 

देश लकडाउनमा छ । तर गाउँघर तिर लकडाउनको वास्ता नगरी नागरिक काममा ब्यस्त देखिन्छन । नजिकै आएको चैते दशैको तयारी घर छिप्ने,पोत्ने देखि लिएर बर्षे बाली धान,कोदो लगाउन मै ग्रामिण भेगका स्थानीयहरु ब्यस्त देखिन्छन ।

बिहानै देखि खेत गराको काममा ब्यस्त छौ , चैते दशै आयो त्यतै काममा ब्यस्त छौ  छायाँनाथ रारा नगरपालीका वडा नं ५ भामवाडा गाँउका दन्तु बिकले भने गाउँघरमा लकडाउनका बारेमा नागरिकले थाहा नपाएका र छाडा रुपमा हिड्ने गरेका छन । 

लकडाउन के हो भन्ने ग्रामिण भेगमा थाहा नहुदाँ पनी गाउँमा छाडा रुपमा हिड्ने गरेका छन । लकडाउनको समय घरमै सुरक्षित बस्ने, भिड भाडमा नजाने , नियमित सरसफाई गर्ने, जस्ता क्रियाकलाप गर्न नेपाल सरकारले होम क्वारेन्टाइनमा बस्न सबै नागरिकलाई आग्रह गरेको भएपनि गाउँमा जनचेतनाको अभावले नागरिक छाडा रुपमा हिड्ने ,हात नधोई खाने ,भिडभाड गर्ने गरेका छन ।

जिल्ला प्रशासन कार्यालयले पटक पटक सुचना तथा अनुरोध जारी गदै स्थानीय सरकारहरुलाई घर घर सम्म कोरोना भाईरस बारे सचेतना पुराउनु र आफना पायक पर्ने स्थानमा क्वारेन्टाईन र आइशोलेसन स्थल निमार्ण गर्न र यो कार्यमा स्थानीय सरकारलाई जिल्लामा कृयाशिल गैसरकारी सस्था,नागरिक अगुवा,राजनैतिक दलहरुले सहयोग गर्न भन्दै आएको छ । 

जिल्ला भित्रिएकाको  तथ्याङ्गक नहुदाँ नागरिक झनै त्रसित 
काठमाडामै लगायत बिभिन्न शहरहरु तथा भारतबाट आ आफनो घर आएका ब्यत्तिको तथ्याङ्गक नराखिदा मुगुका नागरिक कतै कोरोनाको संक्रमण भएका ब्यक्ति जिल्ला भित्रिए कि भनेर त्रसित छन । 

बाहिरबाट आएका मान्छे कोहि हेल्थ डेक्समा पुगि आफ्नो स्वास्थ्य चेकजाँच गराएर घर फर्किएका छन भने कोहि चोरबाटो प्रयोग गरी घर फर्किएकाले मुगुमा कोरोनाका संक्रमण भएका ब्यक्ति त भित्रिएनन भनेर नागरिकहरुमा त्रास पैदा भएको नागरिक समाज मुगुका अध्यक्ष रुप बहादुर मल्ल बताउछन् ।

बाहिर जिल्लाबाट आएको तथ्याङ्ग संंकलन गरीनु पर्ने ,१४ दिन सम्म क्वारेन्टाईनमा राख्नुपर्ने भएको भएपनी मुगुमा समान्य चेकजाँचले नागरिकलाई घर पठाईएको छ । यस्तो गर्नु भनेको संक्रमण निम्त्याउनु हो छायाँनाथ रारा नगरपालीका १ का नरेश शाहीले भने । 

बाहिर जिल्लाबाट आएकाहरुलाई तत्काल नदेखिएपनी पछी देखिन सक्छ त्यसैले बाहिरबाट आएकाहरुलाई क्वारेन्टाईनमा नराखी समान्य चेकजाँजले घर पठाईएको छ ।

कामको शिलशिलामा भारत गएकाहरु यो समय घर आएका छन । तर जिल्लामा अहिले सम्म कत्ति भित्रिए ,उनिहरुको  अवस्थामा के छ भन्ने बारेमा सम्बन्धित सरोकारवाला निकाय,स्थानीय सरकारले तथ्याङ्ग संकलनमा चासो नदेखाउदा नागरिकमा कोरोनाको त्रास फैलिएको छ ।

सोरु गाउँपालीका,खत्याड गाउँपालीका, मुगुमकामारोगं गाउँपालीका र छायाँनाथ रारा नगरपालीकाका बिभिन्न गाउँबस्तीमा भारत लगायत बाहिर जिल्लाबाट आएका ब्यत्तिको तथ्याङ्गक संकलन र कोरोना संक्रमण न्युनिरण गर्न र जनचेतना जोगाउन स्थानीय तहहरुले प्रभावकारी काम नगरेका स्थानीयको आरोप छ ।

यो सिजन नै भारतमा काम गर्न गएकाहरु घर फर्कने समय हो बर्षेनी यहाँका युवाहरु बर्षभरी घर खर्च जोहो गर्न पुस माघमा भारतका विभिन्न ठाँउहरुमा काम गर्न जाने र चैतमा घर फर्कने चलन छ । यो बेला कोरोना र घर फर्कर्ने संयोग जुर्यो प्राय भारत काममा गएकाहरु घर फर्किसकेका छन तर कुन गाँउबाट कति बाहिरबाट आए एकिन तत्थ्याङ्क कसैसंग छैन । 

यसै विच जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जिल्लाका ४ वटै स्थानीय तहहरुलाई कोरोना भाईरस रोकथाम एवं नियन्त्रण गर्न आईतबार १४ बुदे पत्र पठाउदै कार्य गर्न अनुरोध गर्नु भएको छ । उक्त १४ बुदामा स्थानीय तहमा क्वारेन्टाईन र आईसुलेससन स्थल निमार्ण,स्थानीय जनतालाई सावुन,स्षनेटाईजर,माक्सको व्यवस्था,कोरोना नियन्त्रणमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मीका मनोबल बढाउने खालका कार्य,पिपिई को व्यवस्था,बाहिरबाट आएकालाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा बसाल्ने,कोरोना संग मिल्ने लक्षण भएका विरामी भटिएमा तुरुन्त आईसोलेसनमा पठाउने,आपतकालिन बजेट तथा कार्यक्रम व्यवस्था गर्ने,दैनिक ज्यालादारी गरि खाने परिवारको एकिन गरी राहत उपलब्ध गराउने,प्रहरीसंग समन्वय गरि गाँउघरमा भिडभाड हुने खालका कार्य गर्न नदिने,वडा कार्यालयहरु परिचालन गरि यथासक्य विदेश तथा भारतबाट गाँउमा आएका स्थानीयहरुको लगत संकलन गर्ने र उल्लेखित कार्य लगायत अन्य सम्वन्धित कार्यको दैनिक जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनु पर्ने उल्लेख गरिएको छ ।

छैन माक्स खुल्ला अनुहार हिडडुल सर्वसाधारण
मुगुमा माक्सको अभाव छ । माक्स नपाएर नागरिकहरु खुल्ला मुखमा हिड्न बाध्य छन । नियमित रुपमा माक्सको प्रयोग गर्ने भनीएको भएपनी नागरिकले माक्स किर्न खोजेका भएपनी बजारमा माक्स नहुदाँ नागरिक हैरानीमा परेका छन । 

माक्सको प्रयोग गरेका छैनौ कोरानाले भेटाउछ कि भन्नेमा नागरिक त्रसित भएका छन । कोहि नागरिकले माक्स प्रयोग गर्ने गरेका भएपनी एउटै माक्स प्रयोग गर्नाले मैला भएका मास्क पनी प्रयोग गर्ने गरेका छन । यस्ले झनै सक्रमण निमत्याउने देखिएको छ । स्थानीय सरकारले नागरिकलाई साबुन ,माक्स वितरण गर्ने बताए पनी लकडाउनको छैटो दिन सम्म पनी नागरिकले सावुन र माक्स पाएका छैनन ।

छायाँनाथ रारा नगरपालिकालेले नगर क्षेत्रमा रहेका ५२०० घरधुरीलाई,खत्याड गाँउपालिकाले ४००० घरधरीलाई,सोरु गाँउपालिकाले ३०००घरधुरीलाई र मुगुमकार्मारोङ्क गाँउपालिकाले आफना १५०० घरधुरीलाई साबुन माक्स दिने योजना बनाई बजेटको व्यवस्था मिलाएको भएपनि अर्डर गर्दा गदै देश लकडाउनमा परेकाले ति सामान ल्याउन पाएका छैनन । 

दशैभर यी सामानको माग बढेकाले अहिले जहाँ सम्पर्क गरेपनि त्यत्रो् सामान उपलब्ध गराउन नसकिने जवाफ पाउने गरेको नगर प्रमुख हरिजंग शाही बताउछन् उनी भन्छन् औषधी,सावुन,माक्स र पिपिईको लागी प्रयास गरिहेका छौ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ