स्वास्थ्यकर्मीलाई पनि क्वारेन्टाइन पठाइयो, सय भन्दा बढी बेडको बनाइयो क्वारेन्टाइन
प्रकाशित २०७६ चैत १६ आइतबार
564
Shares
जुम्ला । जुम्लाका स्थानिय तहहरुले विभिन्न स्थानमा गरि सय बेड भन्दा बढीका क्वारेन्टाइन स्थलहरु बनाएका छन्।
पछिल्लो समय जुम्लामा भारतबाट धेरै स्थानियहरु जुम्ला भित्रिएकाले संक्रमित हुन सक्ने भन्दै स्थानिय सरकारले भारतबाट अाएका करिब ७०जनालाई विभिन्न ठाउँमा क्वारेन्टाइनमा राखिएको छ।
जुम्लाको हिमा गाउँपालिकामा ३५बेडको सिजामा ४० बेडको र तातोपानि गाउँपालिकामा ५० गरि सय भन्दा बढि बेडको क्वारेन्टाइन बनाईएको हो।
जुम्लाका गाउँहरुमा पनि लकडाउनको सुरुका दिनमा लापरबाही गरिएपनि छैटौं दिनसम्म अाईपुग्दा गाउँहरुमा पनि लकडाउनमा कडाई हुन थालेको छ।
जुम्ला भित्रिने नाका कालिकोटको नाग्ममा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले संचालन गरेको हेल्थ डेस्कमा जुम्ला भित्रिने करिब तीन हजार जनालाई स्वास्थ्य परिक्षण गरि जुम्ला प्रबेश गराईएको छ।
कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भेन्टिलेटरको ब्यबस्था गर्न सरकारसंग माग गरिएको छ। जुम्ला भित्रिने नाका कालिकोटको नाग्ममा रहेको हेल्थ डेस्कमा रहेका स्वास्थ्यकर्मीलाई पनि अाइतवारदेखि क्वारेनटाईनमा राखिएको छ।