arrow

कोरोना संक्रमित युवतीसंगै आएका अरु ६ जनाको पनि रिपोर्ट नेगेटिभ

logo
सौरभ गिरी,
प्रकाशित २०७६ चैत १६ आइतबार
corona-test.jpg

नेपालगन्ज । बाँकेमा कोरोना परिक्षणका लागि काठमाण्डौ  टेकु अस्पताल पठाइएका थप ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ। 

चैत ४ गते फ्रान्सबाट कतारको दोहा हुँदै एक १९ बर्षीया कोरोना संक्रमित युवतीसंगै नेपाल आएका बाँकेका ४ जना सहित मलेसियाबाट आएका दुई जनाको रिपोर्ट पनि नेगेटिभ आएको भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले बताए । 

योसंगै बाँकेमा १३ वटा नमुनाको रिपोर्ट नेगेटिभ देखिएको छ । यसअघि पनि  ७ वटाको रिपोर्ट नेगेटिभ आएको थियो । हिजो पठाइएका १० वटा नमुनाको रिपोर्ट भने आउन बाँकि छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ