arrow

सरकार र स्वास्थ्यकर्मीका नाममा चिकित्सक समेतका नाताले डा शशांक कोइरालाको अपील

logo
प्रकाशित २०७६ चैत १६ आइतबार
Sasanka-Koirala.jpeg

काठमाडौं । प्रतिकुल परिस्थितिका बीच पनि नेपाली चिकित्सकहरुलाई संयम भएर काम गर्न नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले अपिल गरेका छन् । 

विज्ञप्ति जारी गर्दै डा कोइरालाले आफू स्वास्थ्यकर्मी पनि भएको नातााले नेपाल सरकार र नेपालभरिका चिकित्सकका नाममा उनले पाँच बुँदे अपिल जारी गरेका हुन् । 

डा कोइरालाले चिकित्सकका रूपमा लामो समय सेवा र प्राध्यापनसमेत गरेको नाताले आजको स्थितिलाई मैले निकै दिनदेखि नजिकबाट नियालिरहेको पनि स्पष्ट पार्दै कुनै पनि स्वास्थ्यकर्मी निश्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहने र बिरामीको उपचार गर्न उनीहरुमा रहेको त्यही मानवीय भावना, समर्पण र साहस नै आजको विश्वव्यापी महामारीबाट बाहिर निक्लने मुख्य मार्ग भएको स्प्ष्ट पारेका छन् । 

यस्तो छ डा कोइरालाले जारी गरेको विज्ञप्ति–

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरससंग जुध्न नेपाल सरकारले गरिरहेका प्रयत्नहरुलाई नेपाली कांग्रेसले निरन्तर साथ दिंदै आएको छ । लकडाउनको पालना गरेर जनताले यो संघर्षप्रती एक्यवद्धता जनाइरहेका छन् । परिणाममुखी रूपमा कार्य गर्न निर्मित वातावरण उपयोग गर्दै अब स्वास्थकर्मी र सुरक्षाकर्मीको नेतृत्वमा हामीले संघर्षमा जीत हासिल गर्नुपर्दछ ।
चिकित्सकका रूपमा लामो समय सेवा र प्राध्यापन समेत गरेको नाताले आजको स्थितीलाई मैले निकैदिन देखि नजिकबाट नियालिरहेको छु । अत नेपाल सरकार र नेपालभरिका स्वास्थकर्मीहरुका नाममा यो अपील सार्वजनिक गरेको छु ।

१,    कुनैपनि स्वास्थकर्मी निस्चित भत्ताले भन्दा मानवीय भावनाले अभिप्रेरित रहन्छन् बिरामीको उपचार गर्न । उनीहरुमा रहेको त्यही मानवीय भावना,समर्पण र साहसनै आजको विश्वब्यापी महामारीबाट बाहिर निक्लने मुख्य मार्ग हो । अत म नेपालभरिका सबै स्वास्थकर्मीमा आजको यो प्रतिकुल परिस्थितिमा उच्च मनोबल साथ कार्य गर्न एक चिकित्साकर्मी समेतका नाताले अपील गर्दछु ।

२, स्वास्थकर्मिहरुका लागि अनिवार्य पीपिइको प्रबन्ध समयमै गर्न नसक्नु आजको सरकारको सबैभन्दा ठूलो कमजोरी र लाचारी हो । यथासिघ्र देशब्यापी रूपमा पीपिइ पुर्‍याएर संभावित संक्रमितको परिक्षण एवं संक्रमितको उपचारमा स्वास्थकर्मिको मनोबल उच्च बनाउन म सरकारसंग अनुरोध गर्दछु ।

३, विश्व स्वास्थ संगठनले बढी भन्दा बढी परिक्षणका लागि अपील गरेको छ । हामी केवल टेकु स्थित रास्ट्रीय प्रयोगशालामा परिक्षण गरेर परिक्षणको चाप ।धान्न सक्दैनौं । केही थप ठाउँमा शुरु गर्न लागिएको सकारात्मक छ । तर ७ प्रदेशमै परिक्षण गर्ने ब्यवस्था अब ढिलाइ नगरी शुरु गर्न र क्रमशः त्यसलाई ।सबै जिल्लामा विकेन्द्रीत गर्न म सरकारलाई विशेष अनुरोध गर्दछु ।

४,    हालसम्म पांच जनामा कोरोना संक्रमण देखिएको छ ।तर उनीहरु यसविचमा घुलमिल भएको परिवारका सदस्य, छरछिमेकी एवं ब्यक्तिगत साथी समुहको परिक्षण गर्न जरुरी तदारुकता र उच्च सतर्कता सरकारले नदेखाउनु दुःखद छ । तत्काल परिक्षण गर्ने ब्यवस्था मिलाउन म नेपाली कांग्रेस पार्टीका तर्फबाट सरकारलाई अनुरोध गर्दछु ।

५, लकडाउनमा घरभित्र बसेका जनतालाई संक्रमणको कुनै आशंका हुनासाथ घरबाटै सावधानी पुर्वक ल्याएर परिक्षण केन्द्रमा पुर्याउने ब्यवस्था गर्न म सरकारलाई आग्रह गर्दछु । त्यसरी आइसोलेसन र संक्रमित देखिए सुरक्षित उपचारको ब्यवस्थाले मात्रै सम्बन्धित ब्यक्तिबाट अन्यमा फैलिन रोक्न सकिन्छ ।

अन्य देशले हासिल गरेको सफलता र असफलता दुवैबाट सिकेर अघि बढ्नु आज हामी सबैको रास्ट्रीय कर्तव्य रहेको अपीलपनि म नेपाली कांग्रेसका तर्फबाट सरकार, सम्बन्धित निकाय र सबै जनतामा गर्न चाहन्छु ।
जय नेपाल
शसांक कोइराला
महामन्त्री



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ