लायन्स क्लबद्वारा पाँच सय थान पिपिई र एक हजार लिटर स्यानिटाईजर बितरण
प्रकाशित २०७६ चैत १५ शनिबार
452
Shares
नवलपुर। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ ले विभिन्न अस्पतालमा पाँच सय थान पिपिई र एक हजार लिटर स्यानिटाईजर बितरण गरेको छ। अस्पतालमा पिपिइ र स्यानीटाइजर जस्तो अत्यावश्यक सामग्री नभएकाले स्वास्थकर्मी समस्यामा परेका थिए।
लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि २ का सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टका अनुसार चितवन र नवलपुर क्षेत्रका सामुदायिक अस्पताल, बकुलहर रत्ननगर अस्पताल टाँडी, गुञ्जमान अस्पताल पिठुवा, अस्थायी कोरोना अस्पताल रत्ननगर, कालिका स्वास्थ्य चौकी, ईच्छाकामना स्वास्थ्य चौकी र कावासोती अस्पतालमा शनिवार उक्त सामाग्री बितरण गरिएको हो।
उनका अनुसार स्थानीय नगरप्रमुखहरुको उपस्थितिमा उक्त सामाग्री बितरण गरिएको हो। यस अघिपनि सेकेण्ड भाईस डिष्ट्रिक्ट गभर्नर भट्टले भरतपुरको कोरोना बिशेश अस्पतालका संयोजक एवम् भरतपुर महानगरपालिकाको मेयर रेणु दाहाललाई ५० थान पिपिई र ५० लिटर सेनिटाईजर समेत हस्तान्तरण गरेका थिए।