arrow

लकडाउनमा खटिने प्रहरीको गोली लागेर मृत्यु

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७६ चैत १४ शुक्रबार
opendra.jpg

स्याङ्जा । कोराना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनमा खटिने प्रहरीको गोली लागेर निधन भएको छ । स्याङ्जाको हरिनास गाँउपालिका स्थित मग्याम चिसापानी इलाका प्रहरी कार्यालयमा कार्यरत ३६ बर्षिय रविन्द्र पौडेलले हतियार व्यवस्थापन गर्ने क्रममा गोली लागेर घाईते भएका थिए । 

पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा पौडेलको निधन भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ले जानकारी दिए । शुक्रवार दिउसो करिव १ बजेतिर इलाका प्रहरी चौकीको हतियार व्यवस्थापन शाखामा काम गर्दै गर्दा अचानक गोली पड्केर लागेको प्रहरीले जनाएको छ । 

उनको दाहिने कोखाबाट देब्रे कोखाबाट गोली निस्केको अवस्थामा रहेको मृतकका अंकल ऋषिकान्त पौडेलले जानकारी दिए । घटनाबारे अनुसन्धान शुरु भएको र स्याङ्जाका प्रहरी प्रमुख एसपी बिमलराज कर्णेलको टोली घट्नास्थल तर्फ गएको बताईएको छ । 

पोखरा महानगरपालिका २८ मा बस्दै आएका पौडेल चैत्र ७ गते नेपाल प्रहरीबाट अवकास हुदै थिए । कोरोना भाइरसको लकडाउनका कारण उनी रिटायर्स हुन पाएका थिएनन् । उनका दुई छोरी र श्रीमति रहेको मृतकका अंकल ऋषिकान्तले बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ