अलपत्र परेकालाई खाना र बासको व्यवस्था मिलाउन सरकारसंग शंकर भण्डारीको आग्रह
प्रकाशित २०७६ चैत १४ शुक्रबार
494
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले कोरोना भाइरस (कोभिड—१९) का कारण देशमा लगाइएको लकडाउनपछि अलपत्र परेका व्यक्तिहलाई खाना र बासको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् ।
कोरोना भाइरसका कारण देशका विभिन्न स्थानमा ठूूलो संख्यामा मानिसहरु अलपत्र परेको जानकारी सार्वजनिक भएसगै केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख भण्डारीले सरकारले सो आग्रह गरेका हुन् ।
साथै प्रदेश सरकार र स्थानीय तहहरुलाई समेत यस विषयमा विशेष ध्यान समेत भण्डारीले आग्रह गरेका छन् ।
त्यसैगरी तरुण प्रमुख भाण्डारीले अलपत्र परेका व्यक्तिहरुलाई सहयोग गर्न देशभरिका तरुणहरुलाई अपिल गरेका छन् ।
त्यस्तै अलपत्र अवस्थामा परेका विदेशी पर्यटकहरुको तत्काल उद्धार गर्न समेत तरुण विभाग प्रमुख भण्डारीले सरकारलाई आग्रह गरेका छन् ।