कोरोना संक्रमित युवती चढेको जहाजमा आएका बाँकेका चारमध्ये दुईजना फेला
नारायण वली,
प्रकाशित २०७६ चैत १२ बुधबार
669
Shares
बाँके । फ्रान्सबाट कतार हुँदै आएको जहाजमा रहेका बाँकेका चार जना मध्ये दुईजना बुधबार फेला परेका छन् । यही चैत ४ गते आएको उक्त जहाजमा रहेकी १९ वर्षीया युवतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीहरुको खोजीकार्य शुरु गरिएको थियो ।
कोरोना संक्रमित किशोरी रहेको जहाजमा रहेका सबैलाई क्वारेन्टाइनमा राख्ने नीति अनुरुप बाँकेमा पनि चारजनाको खोजीकार्य जारी राखेका वेला वाँके प्रहरीले उनीहरुलाई आज फेला पारेको हो ।
यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा उक्त चारै जनाको नाम र नागरिकता नम्बर पठाएर गृहमन्त्रालय वाट खोज तलासका लागि पत्र पुगेको थियो । यस्तै चार जना मध्ये दुईजना मात्रै फेला परेको र वाँकी सम्पर्क वाहिर रहेका दुई जनाको भने खोजीकार्य भैरहेको वाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक विर वहादुर वलीले जानकारी दिए।
प्रहरी उपरिक्षक वलीले आज फेला परेका दुईजनालाई नेपालगंज स्थित क्वारेन्टाईनमा राखिएको जनाएका छन् । त्यस्तै तर उनीहरुको नाम र ठेगाना भने खुलाईएको छैन ।