बाँकेमा मंगलबारदेखि जनता कर्फ्यु , बाहिर निस्किए प्रहरीले बल प्रयोग गर्ने
सौरभ गिरी,
प्रकाशित २०७६ चैत १० सोमबार
855
Shares
नेपालगन्ज । कोरोना महामारीबाट सबैलाई सुरक्षित रहनका लागि बाँकेमा मंगलबारदेखि जनता कर्फ्यु लाग्ने भएको छ । स्थानीय प्रशासनले सवारी साधन र अनावश्यक हिंड्डुल रोक्न जनता कर्फ्यु लगाउने भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले अत्यावश्यक बाहेक कसैलाई बाहिर निस्कन नदिने बताए। घर बाहिर निस्कनेलाई प्रहरीले बल प्रयोग गर्ने उनले जानकारी दिए।
घरमै सुरक्षित साथ बस्न आग्रह गर्दै लकडाउन गरिएपनि मानिसहरु अनावश्यक रुपमा घर बाहिर निस्किएपछि जनता कर्फ्यु लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए। उनले सबैलाई घरमै सुरक्षित बसिदिन आग्रह गरेका छन् ।