कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको आइतबार बसेको बैठकले आकस्मिक काम बाहेक घरबाट बाहिर ननिस्कन गरेको आव्हान अनुसार जिल्लाको दक्षिणी क्षेत्रका बजारहरु सुनसान बनेका छन् ।
जिल्ला प्रशासन कार्यालयले आव्हान गरेपछी सोमबार बिहानै देखि जिल्लाका दक्षिणी बेलौरी , पुनर्वास र आसपासका बजारहरु बन्द र सुनसान देखिएका छन l
अहिले बेलौरी र पुनर्वासका साना ठुला सबै बजारहरुमा प्रहरीले माइकिङ गर्दै कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आम सर्वसाधारण हरु संग आव्हान गरि रहेको छ ।
प्रसाशनले सकृयता देखाए संगै कञ्चनपुरका दक्षिणी क्षेत्रमा बजार , यातायात , लगायत बन्द रहेका छन् । अत्यावश्यक सेवा खाद्यान्न , मेडिकल , तरकारी पसल बाहेकका अन्य सबै पसल बन्द गर्न आव्हान गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए ।
कोभिड १९ कोरोना भाइरस नियन्त्रणमा लिन पुनर्वासमा यातायात , अत्यावश्यक सेवा बाहेकका अन्य पसल बन्द गर्न आव्हान गर्ने काम भइ रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए ।
संसारभर महामारीका रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरस नियन्त्रणका लागि सर्वसाधारणहरुलाई बाहिर ननिस्कन प्रशासनले आव्हान गरेको हो ।