लालझडीका अध्यक्ष बडायकले कमिज खोलेेको भिडियो भाइरल
महिला कर्मचारीलाई काँधकाँधमा उठाइयो
प्रकाशित २०७६ चैत ८ शनिबार
839
Shares
कञ्चनपुर। आफ्नो पदीय मर्यादा बिर्सेपछि मानिसले के समेत गर्दोरहेछ भन्ने कुरा कञ्चनपुरको एक स्थानीयतहका प्रमुखले देखाएका छन्। हुन त अहिले स्थानीय तह भ्रष्टाचार र अनियमितताको नयाँ अखाडा बनेको आरोप पनि छ। महालेखाको प्रतिवेदनमा समेत स्थानीय तहहरु भ्रष्टाचारको नयाँ अखाडा बनेको कुरा औंल्याएको छ।
स्थानीय तह आफै कानुन समेत बनाउने गरि शक्तिशाली बनाइए पछि यसका निर्वाचित कतिपय जनप्रतिनिधीहरु आफूलाई एकातिर कानुन भन्दा माथि मान्न थालेका छन भने कतिपय मोजमस्ती र अनियमितामै रमाएको देखिन थालेको छ। संघीयताको मर्मलाई भुल्दै कतिपय जनप्रतिनिधीहरु भने जनप्रतिनिधीको वास्तविक काममा भन्दा अन्यत्रै रमाइरहेका देखिन्छन्। उनीहरु आफ्नो स्थानिय तहको जनताको करको पैसा मोजमस्ती र रमाइलोमा उडाइरहेको पाइन थालेको छ।
कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष मदन बडायक यस्तै मोजमस्तीमा रमाइरहेको तथ्य फेला परेको छ। बडायक गाउँपालिकाको बजेटमा पिकनिकमा मोजमस्ती गर्दै गरेको दृश्य यतिबेला कञ्चनपुरका स्थानीयमाझ भाइरल बन्न पुगेको छ। अध्यक्ष बडायक लगाइरहेको कमिज फुकालेर एक महिलाको सललाई आफ्नो तल्लो भागमा बेरेर नाच्नमा मस्त देखिन्छन्।मदिराले मस्त बडायकको गाउँपालिकाकै महिला कर्मचारीसंग कमिज फुकालेर नाच्दै गरेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएसंगै आलोचना बढेको छ।
पूर्व नेकपा माओवादीबाट निर्वाचित कञ्चनपुरको लालझाडी गाउँपालिका अध्यक्ष मदन बडायक सेतो बनियान र रातो सलमा मस्तीमा देखिन्छन्। शुरुमा आफ्नै कर्मचारीसँग नाच्दै गरेका बडायकलाई उनका सहयोगीहरुले साथ दिदै गर्दा उनीहरुले कम्प्युटर अपरेटर रेनु बडायकलाई काँधमा चढाएर नाचेका छन्। ति दृश्य तत्कालका लागि रमाइलो भएपनि सामाजिक सञ्जालमा वाहिर आउँदा भने उनको चौतर्फ आलोचना भएको छ। सामाजिक सञ्जालमा गाउँपालिकाको पैसामा मोजमस्ती गरेको भन्दै अहिले गाउँपालिकामा चर्को आलोचना भइरहेको छ।
अध्यक्ष बडायकले गत बर्ष कार्यपालिकाको वैठकमा जनप्रतिनिधी र कर्मचारीको पिकनिक मनाउने कुरा आएपछि सुख्खडमा पिकनिक गरिएको बताए। पिकनिकमा गएपछि वडा सचिव रामसिंह धामीले मलाई नाच्न भनेर जवर्जस्ती गरेर नचाएको उल्लेख गर्दै उनले भने,' गर्मी भएर सर्ट खोलेर नाचे पनि मर्यादा नाघेका छैनौं।' उनले नगरपालिकाको खर्च नभइ ब्यक्तिगत खर्चमै पिकनिक गरिएको दावी समेत गरे।