arrow

'कोरोना संक्रमितलाई परीक्षण नै नगरी फर्काइयो'

logo
प्रकाशित २०७६ चैत ६ बिहिबार
dr._sundarmani_dixit_(1)_.jpg

काठमाडौं। वरिष्ठ चिकित्सक समेत रहेका नागरिक अगुवा डा. सुन्दरमणि दिक्षितले सरकारको दाबीमा सत्यता नरहेको दाबी गरेका छन् ।  डा. दिक्षितले ल्याबको क्षमतामाथि नै प्रश्न गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै डा. दिक्षितले कारोना संक्रमित देशभित्र भएको दाबी गरे । आवश्यक परीक्षण नहुँदा संक्रमित नदेखिएको भन्दै कतिपय विरामीलाई परीक्षण नै नगरी फर्काइएको उनको दाबी छ ।

उनले भने,‘कोरोना भाइरसको संक्रमित भएपनि अस्पतालबाट ८५ प्रतिशत रुघाखोकी लागेर हराउने र १२ प्रतिशतलाई जाँचै नगरी पठाइएको छ । डाक्टरको सिफारिस बिना आफुलाई शंका लागेमा जाँच्न पाउनुपर्छ, यसको सबै बन्दोबस्त मिलाउन म सरकारलाई आग्रह गर्दछु ।’
 
सरकारले आवश्यकत्तानुसार मात्र बिरामी जाँच्ने उपकरण मगाउने भनेकोमा आपत्ति जनाउदै  डा. दिक्षितले राष्ट्रको ढुकुटीबाट तुरुन्त मेशीन (परिक्षण किट) ल्याउन आग्रह गरेका छन् । उनले भने,‘परीक्षण किट तत्काल ल्याउनुपर्छ, ढिलाई गर्ने होइन ।’

उनले आवश्यक मेशीन फास्ट ट्रयाकबाट ल्याउनपनि सरकारलाई सल्लाह दिए । दिक्षितले हरेक नेपालीलाई स्वास्थ्यको अधिकार भएकोले रोग जाँच्न नपाएमा संविधानविपरित हुने भन्दै यस्तो आपतमा मेशीन नल्याउँदा जनता आक्रोसित भई सडकमा आउन बाध्य हुनेतर्फ पनि सचेत गराए। उनले भने,‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्न पाइँदैन, तत्काल आवश्यक उपकरण ल्याउनुपर्छ ।’

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरस नेपालमा आउने÷नआउने कुनै ग्यारेन्टी नभएको स्पष्ट पारेका छन् । उनले भने,‘रोग आउन पनि सक्छ, नआउन पनि सक्छ । यसबारे जनमानसमा झन बढी त्रास बढेको पाईएको छ ।’

उनले नेपालमा जाँचनै हुँदैन कि रोग नै छैन भन्ने प्रश्न धेरैमा भएको भन्दै स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने स्पष्ट पारेका छन् । उनले भने,‘आतंकित नहोऔं, सचेतना अपनाऔं ।’

पुनले हुलमुलमा नजान, कसैसित नजिक भएर कुरा नगर्न, साबुन पानीले हात धुँदा वैज्ञानिक आधारले धुन, संक्रमित भएमा घरको छुट्टै कोठामा बस्नपनि सुझाव दिए । पुनले यो महामारीबारे अशिक्षितलाई भन्दापनि शिक्षितलाई सम्झाउन गाह्रो भएको समेत गुनासो पोखे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ