arrow

भारतबाट आएका दुई नेपालीमा कोरोनाको आशंका

आइशोलेशन नभएका कारण विद्यालयमा राखियो

logo
प्रकाशित २०७६ चैत ६ बिहिबार
coronavirus-hamrakuras1.jpg

कपिलवस्तु । कोरोनाको आशंकामा दुई जना नेपालीलाई नियन्त्रणमा लिइएको छ । मुम्बईबाट नेपाल फर्किएका दुई जनालाई  कोरोना भाइरसको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो ।   

नेपाल भारत सिमाको मर्यादपुरबाट दुवैलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक दिपशम्शेर जबराले बताए । कपिलवस्तु नगरपालिकाको वडा नम्बर २ तौलिहवामा कोरोना आशंका गरिएका दुवैलाई राखिएको छ ।

आइशोलेशन नभएका कारण दुवैलाई महेन्द्र प्राथमिक विद्यालय तौलिहवाको कक्षाकोठामा राखिएको छ । स्थानीयमा संक्रमण नफैलियोस भनेर कक्षाकोठामा राखिएको जबराले बताए ।

दुवैमा रुघाखोकी तथा ज्वरोको लक्षण देखिएको छ । निजहरुलाई स्वार्थ्यकर्मीले जाँच गरिरहेका छन् । आशंका गरिएका दुवै जना कपिलवस्तु नगर क्षेत्रकै रहेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ