कपिलवस्तु । कोरोनाको आशंकामा दुई जना नेपालीलाई नियन्त्रणमा लिइएको छ । मुम्बईबाट नेपाल फर्किएका दुई जनालाई कोरोना भाइरसको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल भारत सिमाको मर्यादपुरबाट दुवैलाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक दिपशम्शेर जबराले बताए । कपिलवस्तु नगरपालिकाको वडा नम्बर २ तौलिहवामा कोरोना आशंका गरिएका दुवैलाई राखिएको छ ।
आइशोलेशन नभएका कारण दुवैलाई महेन्द्र प्राथमिक विद्यालय तौलिहवाको कक्षाकोठामा राखिएको छ । स्थानीयमा संक्रमण नफैलियोस भनेर कक्षाकोठामा राखिएको जबराले बताए ।
दुवैमा रुघाखोकी तथा ज्वरोको लक्षण देखिएको छ । निजहरुलाई स्वार्थ्यकर्मीले जाँच गरिरहेका छन् । आशंका गरिएका दुवै जना कपिलवस्तु नगर क्षेत्रकै रहेका छन् ।