काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ ।
बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली हुने र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । अपरान्हपछि मध्य र पश्चिमी पहाडी भूभागका १–२ स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति देशभर सामान्यतया मौसम सफा रहनेछ ।
महाशाखाका मौसमविद् मौसमविद् वरुण पौडेलका अनुसार काठमाडौं उपत्यकामा भने दुई दिन वर्षा हुने छैन । बिहीबारको काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस रह्यो । अधिकतम तापक्रम २६ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ ।
पौडेलका अनुसार बिहीबार र शुक्रबारका लागि मौसममा खासै परिवर्तन हुने छैन ।
यस्तो छ शुक्रबार र शनिबारको पूर्वानुमान–
शुक्रबार देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । अपरान्हपछि पहाडी भूभागका १–२ स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति देशको पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने छ ।
शनिबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पूर्वी पहाडी भूभागका १–२ स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । देशको पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना पनि रहेको छ ।