सीमा सुरक्षा गर्दा सहिद भएका गौतमकी आमाको स्वास्थ्य अवस्था बुझ्न नेता बिष्ट अस्पतालमा
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ चैत ४ मंगलबार
364
Shares
कञ्चनपुर। कांग्रेस नेता एवं पुर्व साँसद दिवान सिंह बिष्टले मातृभुमिको रक्षाका क्रममा भारतीय एसएसबीको गोली खाएर प्राण आहुती दिने सहिद गोविन्द गौतमकी आमा हरिदेवी गौतमको स्वास्थ्य अबस्थाबारे अस्पताल पुगेर जानकारी लिएका छन्। सहिद गौतमकी आमा हरिदेवी केही दिनदेखि सिकिस्त बिरामी भए पछि नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचाररत छिन्।
सहिद गौतमकी आमा हरिदेवीको स्वास्थ्य अबस्था र उपचारबारे जानकारी लिन काँग्रेस नेता बिष्ट नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताल पुगेका हुन्। सोमबार नेता बिष्टले सिकिस्त बिरामी हरिदेवी गौतमलाई भेटेर उनको उपचारको ब्यबस्था र स्वास्थ्य अबस्थाको बारेमा जानकारी लिएका हुन्। उनले उपचारमा सहयोगको लागि पहल गर्ने समेत आश्वासन दिएका छन्।