काठमाडौं । नेपालले ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले स्वास्थ्य प्रमाणपत्र नल्याएका ३६ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।
अध्यागमनले कोरोना भाइरस नभएको ब्यहोरा लेखिएको स्वास्थ्य प्रमाण पत्र नल्याइ प्रवेश गर्न खोज्ने ३६ विदेशीलाई फिर्ता (इन्ट्री रिफ्युज्ड) गरेको हो ।
नेपालमा कोरोनाका संक्रमित अहिले नभए पनि जोखिम भने निकै बढेको दावी गरिएको छ ।
खुला सीमानाका कारणले पनि यो चेतावनी विश्व स्वास्थ्य संगठन डब्लुएचओले दिएको छ ।