गौरादह । झापा जिल्लाको गौरादह नगर कांग्रेसको अगुवाईमा वीपी कोइरालाको सम्मानार्थ बि.पि. स्मृती भवन निर्माण गरिने भएको छ । गौरादह नगरपालिका वडा न १ को जानकेश्वर शिवालय मन्दिर परिसरको वाचनालयमा आयोजित नगर कांग्रेसको बिस्तारित भेलाले उक्त भवन योजना निर्माण कार्यको निर्णय गरेको हो ।
योजना अन्तर्गत गौरादह नगरपालिका वडा न २ मा पर्ने प्रोज्ज्वल कलेजियट एकेडेमी देखि २०० मिटर दक्षिणमा उक्त सुबिधासम्पन्न भनब निर्माण गरिने छ । भवन निर्माणका लागि जग्गा दानगर्ने दानबिर दाताहरु श्री टुराइ साह , मिना ताजपुरिया र भगिरथ ताजपुरियालाई कार्यक्रममा सम्मानित समेत गरिएको थियो । जस अन्तर्गत टुराइ सा बाट १८ धुर त्यसै गरि मिना एबम भगिरथ ताजपुरिया बाट २ कठ्ठा जमिन दान गरिएको हो ।
योजना सम्पन्न गर्न उक्त बिस्तारित भेलाले ७ वटा कार्यसमिती तथा उपसमिती सर्बसम्मत निर्माण गरेको छ । कार्यसमिती निर्माणका निमित्त भिजनसहितको कार्ययोजना प्रस्तुतग र्दै गौरादह नगर कांग्रेसका नगर सभापती यादब राज सेडाइले समितीहरुलाई पारितका निमित्त हलमा निर्णयार्थ प्रस्तुत गरेका थिए ।
सर्बसम्मत पारित कार्य समितीमा पार्टीका विभिन्न तह तप्कामा रहेका स्थानीय क्षेत्रीय प्रदेश र संघीय स्तरमा रहेर आफ्नो भुमिका निर्बाह गर्ने विभिन्न ब्यक्तित्व साथै पार्टीमा सक्रिय र साधारण रुपमा योगदान गर्ने विभिन्न पेसागत भातृसंगठन तथा पार्टीका शुभेक्षुक संघ संस्थाका प्रतिनिधीहरलाई निर्माण व्यावसायिक प्राबिधिक इन्जिनियर तथा सल्लाहकारहरुलाई योजना निर्माण सम्पन्न गराउनका निमित्त अधिकार र जिम्मेवारी बाडफाड गरिएको छ ।
योजना अनुरुप काम सुचारु भए निकट भबिष्यमा नै गौरादहमा एउटा सुबिधा सम्पन्न वीपी स्मृती भवन निर्माण हुने गौरादह नगरका नगर प्रमुख रोहित कुमार साहले बताए । भेलाले प्रधानमन्त्री केपी शर्मा ओलीको शिघ्र स्वास्थ्यलाभको प्रस्ताव पारित गरेको छ भने आआफ्नो स्थानमा कोरोना भाइरस सम्बन्धि जनचेतना बिस्तार गर्न सबै नेताहरुलाइ अनुरोध गर्दै सचेत र सजग रहन कार्याकर्तालाई सुझाव समेत दिएको छ।