ठिमी नगरपालिकाका मेयर श्रेष्ठले भत्काए मनोहराको तटबन्ध, स्थानीय रुष्ट
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७६ चैत ३ सोमबार
1.1k
Shares
काठमाडौं। मध्यपुर ठिमी नगरपालिका भक्तपुरका मेयर मदन सुन्दर श्रेष्ठले जडिबुटी मनोहरास्थित खोला छेउमा लगाइएको डिभाइडर मनोमानी ढंगले भत्काइदिएका छन्। मेयर श्रेष्ठले आइतबार दिउँसो १ बजे कसैलाई सूचना नै नदिई मनोमानी ढंगले उक्त तटबन्धको कम्पाउण्डहरु करिब तीन सयजनाको समुह लगि गुण्डागर्दी तरिकाले भत्काइदिएको स्थानीयले जनाएका छन्।
बनेको संरचना डोजर लगाएर भत्काएपछि मेयरको सो कार्यको खेद गर्दै यतिबेला स्थानीयहरु आक्रोसित बनेका छन्। खोला छेउमा लगाइएको वालहरु भत्काइदै गर्दा मनोहराका वडाध्यक्षको समेत उपस्थिति थियो। तर वडाध्यक्षले त्यसको कुनै विरोध गर्न सकेनन्। वडाध्यक्षले स्थानीयवासी, प्रहरी, प्रशासन तथा समितिका मान्छेहरुलाई कुनै खबर समेत गरेनन्।
सरकारले जरिबुटी मनोहरा करिडोरको खोलाको छेउमा लगाएको वाल मेयर श्रेष्ठले आफूखुसी भत्काएको र मनोहराका वडाध्यक्ष समेत सो कार्यप्रति मौन रहेकोमा स्थानीय आक्रोशित बनेका छन्।