कोरोनाविरुद्ध सार्कका प्रतिनिधि कसले के भने ? (भिडियो)
प्रकाशित २०७६ चैत २ आइतबार
849
Shares
काठमाडौं । कोभिड–१ को सङ्क्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष-प्रधानमन्त्रीबीच आइतबार साँझ भिडियो कन्फरेन्स शुरु भएको छ ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औँल्याई गत फागुन ३० गते गरेको ट्विटको स्वागत गर्दै नेपालका प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित सदस्य मुलुकका नेताहरु कन्फरेन्समा सहभागी भएका हुन् ।
सोका लागि मिर्गौला प्रत्यारोपणपछि आइतबार पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।