प्रचण्ड–ओली भेट : प्रचण्डद्वारा समसामयिक राजनीतिका बारेमा ‘बिफ्रिङ’
प्रकाशित २०७६ चैत १ शनिबार
511
Shares
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। प्रधानमन्त्री निवास बालुवाटार पुगी अध्यक्ष दाहालले आज बिहान अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिएका हुन्। सो क्रममा अध्यक्ष दाहालले मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकामा प्रधानमन्त्रीलाई बधाई दिएका थिए।
भेटमा उनले प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। सो क्रममा अध्यक्ष दाहालले समसामयिक राजनीतिक गतिविधिका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए। प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा मिर्गौलाको प्रत्यारोपण गरी शुक्रबार ‘डिस्चार्ज’ भएका थिए।