बूढीगङ्गा नगरपालिकामा आगलागी, कागजात र कम्प्युटर जलेर नष्ट
रासस,
प्रकाशित २०७६ फागुन २९ बिहिबार
673
Shares
मार्तडी। बाजुराको बूढीगङ्गा नगरपालिका भवनमा विद्युत् प्रवाह चुहावट भइ आगलागी हुँदा विभिन्न शाखाका कागजात तथा कम्प्युटर जलेर नष्ट भएका छन्। आज विहान भएको आगोले सो नगरपालिकाका पशु, कृषि र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा रहेका कागजात तथा कम्प्युटरलगायतका सामान जलेर नष्टभएको नगर प्रमुख दीपकविक्रम शाहले जानकारी दिए।
आगलागीले के कति क्षति पुर्याएको भन्ने यकीन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए।