arrow

मंगलबार राति नयाँ वायुको प्रवेश

logo
प्रकाशित २०७६ फागुन २८ बुधबार
weather.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार राति सुदूरपश्चिममा नयाँ वायुको प्रवेश भएको छ । सोही वायुका कारण सुदूरपश्चिममा अहिले बदली रहेको महाशाखाका मौसमविद् समीर श्रेष्ठले बताएका छन् । 

सुदूरपश्चिम र गण्डकी प्रदेशमा पनि बदली रहेको छ । श्रेष्ठले भने, ‘राति एउटा वायु प्रवेश गर्यो । पश्चिमतिर आज मेघगर्जनसहित वर्षा हुनेछ ।’ 

मध्य र पूर्वमा मौसम सफा रहने छ । यसैगरी उपत्यकामा बुधबार पानी पर्ने छैन । शुक्रबार भने देशका अधिकांश स्थानमा वर्षा हुने मौसमविद् श्रेष्ठले बताए । 

काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम बुधबार ९ डिग्री सेल्सियस रह्यो । अधिकतम तापक्रम २४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ । 

भिजिबिलिटी ५ किलोमिटर रहेको छ । 

महाशाखाले पश्चिमी तथा मध्य पहाडी भूभागका केहि स्थानहरुमा मेघ(गर्जन र चट्याङसहित वर्षाको संभावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ