arrow

'कोइराला परिवारबाट एक जना सभापतिको उम्मेदवार'

logo
प्रकाशित २०७६ फागुन २५ आइतबार
shekhar-koirala-photo.jpg

सिरहा ।  नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कोइराला परिवारबाट कोही एक जना सभापतिको उम्मेदवार बन्ने बताएका छन् । पाल प्रेस युनियन सिरहाले आइतबार लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता डा कोइरालाले भने, “कोइराला परिवार एक ढिक्का छ, आउँदो महाधिवेशनमा कोइराला परिवारबाट कोही एक जना सभापतिको उम्मेदवार बन्ने छ ।”

महामन्त्री डा शशांक, सुजाता वा आफूमध्ये एक जना सभापतिमा उम्मेदवार बन्ने उनको भनाइ थियो । उनले भने, “कसले उम्मेदवारी दिने भन्ने हामी सल्लाह गरी निर्णय गर्छौं, तीनमध्ये जो बढी ‘पपुलर’ हुन्छ उही उम्मेदवार बन्छ ।”

 उनले भागबण्डाको राजनीतिले कांग्रेसमा गलत प्रवृत्ति मौलाइरहेको बताए। नेता डा कोइरालाले भने, “भागबण्डा मिल्यो भने ठीक नभए बेठीक भन्ने प्रवृत्ति पार्टीभित्र देखिएको छ, यसले कदापि पार्टीलाई भलो गर्दैन, म कुनै गुट वा उपगुटको राजनीति गर्दिनँ, भागबण्डाको राजनीतिको विरुद्धमा छु ।”

गलत प्रवृत्तिबाट कांग्रेस हिँडिरहेको र यसलाई रोक्न पार्टीको नेतृत्व युवा पुस्तामा आउनुपर्नेमा जोड दिनुहुँदै नेता डा कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टीले केही गर्न नसकेकाले पार्टीलाई नयाँ युवा पुस्ताको नेतृत्व आवश्यक रहेको बताए ।  सरकारको गतिविधिका कारण लोकतन्त्र र संविधान खतरामा परेको उल्लेख गर्दै उनले संसद्मा पेश भएका सुरक्षादेखि व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित विधेयकमा लोकतन्त्र र संविधानको भावना विपरीतका कुरा राखिएको भन्दै विरोध जनाए ।

सोही पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका नेतृ सुजाता कोइरालाले पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गरी पार्टी एक ढिक्का भएर अघि नबढे आगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सानी हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ