arrow

बैतडी जीप दुर्घटना : गम्भिर घाइतेलाई हेलिकप्टर मार्फत कोहलपुर लगियो

चालक बडालको मृत्यु, ६ जना घाइते

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७६ फागुन २५ आइतबार
baitadi-accident.jpg

दार्चुला । बैतडी जीप दुर्घटनामा घाइते भएका दार्चुला दुँहु गाउपालिका ४ का प्रेम बल्लब जोशी र वडा नम्बर २ हिकिलाका हरक सिंह बडाललाई थप उपचारका लागि हेलिकप्टर मार्फत कोहलपुर लगिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भइ डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि दुवैजनालाई नेपानी सेनाको हेलिकोप्टरमार्फत थप उपचारको लागि कोहलपुर लगिएको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले जानकारी दिए ।

दुर्घटनामा परि घाइत भएका अन्यको उपक्षेत्रीय अस्पताल डडेलधुरामा नै उपचार भएरहेको उनले बताए । आइतबार सवा २ बजे धनगढीबाट दार्चुला आउदै गरेको अनटेष्ट जीप दुर्घटना हुँदा चालक धन सिंह बडालको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ