arrow

प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण, अहिले आईसीयूमा

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
kp-oli111.jpg

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा आलीको दोस्रो मिर्गौला प्रत्यारोपण सफल भएको छ ।  मिर्गौला प्रत्यारोपणका लागि  बुधबार बिहान १० बजेदेखि  शल्यक्रिया सुरुभइ दुई बजे सकिएको थियो ।

शिक्षण अस्पतालका अनुसार चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको हो ।  प्रत्यारोपण गरिएको मिर्गौलाले  काम गर्न थालेको शल्यक्रियामा संलग्न डाक्टरहरुको भनाई छ । मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीलाई आईसीयूमा सारिएको छ।

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण डा प्रेमराज ज्ञवालीको नेतृत्वमा चिकित्सकहरुको टोली रहेको थियो । त्यसमा तीना भारतीय चिकित्सकसमेत थिए। जसमा पहिलो पटक प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा संलग्न सर्जन डा. अनन्त कुमारसहित दुई जना  छन् ।  मिर्गौला प्रत्यारोपणसम्बन्धि केहि समयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने छ ।

सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ओलीको बुधबार बिहान पनि परीक्षणहरु गरिएको थियो । ओलीले उनका ९० बर्षीय पिताजी मोहनप्रसाद ओलीबाट आशीर्वाद लिएर अस्पतालमा भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ को साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

देश जनताले प्रधानमन्त्री ओलीको  स्वास्थ्यलाभको कामना गरेका छन् । साथै विभिन्न स्थानमा दिप प्रज्वलन तथा दीर्घ जीवनको कामना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ