चार घण्टामा प्रधानमन्त्रीको सफल मिर्गौला प्रत्यारोपण
प्रकाशित २०७६ फागुन २१ बुधबार
415
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा आलीको मिर्गौला प्रत्यारोपणका सफल भएको छ । मिर्गौला प्रत्यारोपणका लागि बुधबार बिहान १० बजेदेखि सुरुभएको शल्यक्रिया दुई बजे सकिएको छ ।
शिक्षण अस्पतालका अनुसार चार घण्टा लगाएर गरिएको प्रत्यारोपण सफल भएको छ । प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न थालेको शल्यक्रियामा संलग्न डाक्टरहरुको भनाई छ ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण डा प्रेमराज ज्ञवालीको नेतृत्वमा चिकित्सकहरुको टोली रहेको थियो । मिर्गौला प्रत्यारोपणसम्बन्धि केहि समयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिइने छ ।
सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ओलीको बुधबार बिहान पनि परीक्षणहरु गरिएको थियो । ओलीले उनका ९० बर्षीय पिताजी मोहनप्रसाद ओलीबाट आशीर्वाद लिएर अस्पतालमा भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ को साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
देश हजारौ जनताले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । साथै विभिन्न स्थानमा दिप प्रज्वलन तथा दीर्घ जीवनको कामना गरिएको छ