मृतावस्थामा भेटिएका ‘नख्खु जेल ब्रेकर’ घिमिरेको शोक
प्रकाशित २०७६ फागुन २१ बुधबार
751
Shares
काठमाडौं । प्रतिनिधि सभा बैठकमा सभामुख अग्नी सापकोटाले शोक प्रस्ताव प्रस्तुत गरेका छन् । बैठकले २०६४ सालको संविधान सभा निर्वाचनमा तत्कालिन ने.क.पा माओवादी को तर्फबाट झापा जिल्ला क्षेत्र नं. १ बाट निर्वाचित सदस्य, कम्युनिष्ट एवं लोकतान्त्रिक् आन्दोलनमा क्रियाशील जनपक्षीय नेता धर्म घिमिरेको शोक प्रस्ताव प्रस्तुत गरेको हो ।
तत्कालीन संविधानसभा सदस्य एवं झापाका पुराना कम्युनिष्ट योद्धा धर्मप्रसाद घिमिरे भारत पश्चिम बङ्गालको बागडोग्रामा मृत भेटिएका थिए । मंगलबार बिहान बागडोग्राको प्रहरी कार्यालयभन्दा तीन किलोमिटर पश्चिम एशियाली राजमार्गमा ‘नख्खु जेल ब्रेकर’ घिमिरेलाई मृतावस्थामा भारतीय प्रहरीले फेला पारेको थियो ।
झापाको मेचीनगर–१३ दुहागढी घरभएका उनले आठ वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पारिवारिक स्रोतले बताएको छ । तीन दिनअघि दाह्री काट्न घर नजीकैको “चारआली बजार जान्छु” भनी घरबाट बाहिरिनुभएका उनी त्यसपछि सम्पर्कविहीन थिए ।
उनको शव बागडोग्रा मेडिकल कलेजमा राखिएको थिए । नेपालबाट मृतकका भाइ नरेन्द्रले शव पहिचान गरि नेपाल ल्याएका छन् । विसं २०२३ देखि कम्युनिष्ट आन्दोलनमा लागेका ६५ वर्षीय घिमिरे २०६४ सालको संविधानसभा चुनावमा झापा क्षेत्र नं १ मा तत्कालीन नेकपा (माओवादी)का तर्फबाट सभासद् निर्वाचित भएका थिए ।
उनले झापा विद्रोहपछि पक्राउ परी नौ वर्ष कारागारको सजाय भोगेका थिए । नख्खु कारागार तोड्नेमध्ये उन पनि एक थिए । भारतीय प्रहरीले उनी एशियाली राजमार्गमा अज्ञात गाडीले ठक्कर दिएर दुर्घटनामा परेको र घटनास्थलमै मृत्यु भएको जानकारी दिएको थियो । मृतक घिमिरेका पत्नी, एक छोरा र दुई छोरी छन् ।
घिमिरेको ७४ वर्षको उमेरमा मिति २०७४ साल माघ २० गते मंगलबार उपचारको क्रममा भारतमा निधन भएको हो । सभाले उनीप्रति शोक प्रकट गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोक-सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै सांसदहरुले उठेर एक मिनेट मौन धारण गरेका छन् ।