arrow

‘टि ट्वान्टी’मा पाकिस्तान पहिलो, नेपाल तीन स्थान तल झर्‍यो

logo
प्रकाशित २०७६ फागुन २० मंगलबार
nepal-cricket.JPG

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको ‘टि ट्वान्टी’ वरियतामा नेपाल तीन स्थान तल झरेको छ ।

 आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल तीन स्थान तल झर्दै १५ औँ स्थानमा पुगेको हो ।

यसअघि नेपाल १२ औँ स्थानमा थियो । ‘टि ट्वान्टी’ वरियतामा नेपाल हालसम्म ११ औँ स्थानसम्म पुगेको छ ।

एसोसियट राष्ट्रमा भने नेपालभन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १२ र युएई १४ औँ स्थानमा रहेको छ ।

 ‘टि ट्वान्टी’ वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ भने अष्ट्रेलिया दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, भारत चौंथो तथा दक्षिण अफ्रिका पाँचौँ स्थानमा छ ।

एक दिवसीय वरियतामा भने नेपाल यथावत् रहेको छ ।

नयाँ वरियताअनुसार नेपाल १६ औँ स्थानमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ