काठमाडौं। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल शल्यक्रिया एवं सिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
मोदीले आफ्नो निजी ह्यण्डलबाट ट्विट गर्दै ‘मेरा प्रिय मित्र केपी शर्मा ओलीजीलाई सफल शल्यक्रिया र सिग् स्वास्थ्य लाभको कामना गर्दछु। पशुपतिनाथको कृपाले राम्रो स्वास्थ्य, खुशी र दीर्घ जिवन रहोस्। नेपाल-भारत सम्बन्ध नयाँ उचाईमा पुर्याउने तपाईको योगदानको प्रतिक्षामा’। (भावानुवाद)
प्रधानमन्त्री ओलीले मोदीलाई धन्यवाद दिंदै नेपाल-भारतको सम्बन्ध नयाँ उचाईमा पुर्याउन आफु प्रतिबद्ध रहेको बताएका छन्। प्रम ओलीले भारतका प्रधानमन्त्री मोदीलाई आफ्नो नजिकको साथी रहेको पनि बताएका छन्।
प्रम ओलीले भारतीय प्रमको जवाफमा भनेका छन ‘ मेरो सफल शल्यक्रिया र सिघ्र स्वास्थ्यलाभको कामनाका लागि धन्यवाद प्रिय प्रम मोदीजी। तपाईको न्याना शब्दहरुले हाम्रो मित्रताको गहिराई झल्काउँछ। ‘ (भावनुवाद)
भारतीय प्रम मोदीले आफ्नो निजी ट्विटर ह्यण्डलबाट ओलीलाई शुभकामना दिएका थिए भने प्रम ओलीले भारतीय प्रमको आधिकारिक ट्विटर ह्याण्डललाई जवाफ फर्काएका छन्। यसबारेमा कुटनीतिक वृतमा छलफल हुने नै छ ।
भारतीय प्रम मोदीको ट्विट:
My dear friend @kpsharmaoli ji, wishing you a successful surgery and a speedy recovery. May Lord Pashupatinath bless you always with good health, happiness and a very long life. Look forward to your continued contribution to taking India-Nepal relations to new heights.
Thank you dear Prime Minister Modiji @PMOIndia. for wishing me successful surgery and speedy recovery. It was thoughtful of you to express such warm words, reflecting our close friendship.