arrow

विराटनगर महानगरपालिकाको अन्तर्राष्ट्रिय मामिला सल्लाहकारमा सोमनाथ

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
bhim-parajuli-somnath-ghimi.jpg

विराटनगर । विराटनगर महानगरपालिकाको अन्तराष्ट्रिय मामिला सल्लाहकारमा जीपी कोइराला फाउन्डेसन अमेरिकाका  अध्यक्ष सोमनाथ घिमिरे नियुक्त भएका छन् । 

विराटनगर महानगरका मेयर भीम पराजुलीले घिमिरेलाई सल्लाहकार नियुक्त गरेका हुन् । 

नियुक्ति उक्त पत्र अनुसार विराटनगर महानगरपालिका र अमेरिकाको कुनैपनि  नगर या शहरसंग जोड्ने प्रावधान अथवा पुलको काम गर्नको लागि घिमिरेलाई जिम्मेवारी दिइएको छ। 

अमेरिकाको कुनै पनि शहरसंग विराटनगर महानगरपालिका सहकार्य गर्दै विराटनगरलाई एउटा आधुनिक र स्मार्ट सिटी  बनाउनलाई घिमिरेको सुझाव र पहल हुनेछ भन्नेमा विश्वस्त रहेको मेयर पराजुलीले भनेका छन् । 

आजको आधुनिक युगमा विराटनगरलाई अझैं राम्रो र विराटनगरवासीहरुलाई सरल, सुलभ र सजिलो कार्यका लागि ‘बिल्डिङ विराटनगर बेटर’ बीबीबी भन्ने नाराका साथ नारा मात्रमै समिति नरहेर अब कार्ययोजनाका साथ काम गर्न अघि बढेको छ भन्दै मेयर पराजुलीले घिमिरेलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ