arrow

नेपालमा फेरि पश्चिमी वायुको प्रभाव

logo
प्रकाशित २०७६ फागुन १८ आइतबार
weather11.jpg

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको छ ।

यही प्रभावका कारण आइतबार बिहान देशको पश्चिमी भूभागमा सामान्य बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ ।

मौसमविद् सजिना शाक्यका अनुसार उपत्यकामा आंशिक बदली रहेको छ । त्यस्तै पश्चिमी भूभाग तथा तराईमा सामान्य बदली रहेको छ । अन्य भेगमा मौसम सफा रहेको छ । 

पश्चिमी भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ भने पहाडी उच्च भूभागमा हिमपात समेत हुने सम्भावना छ ।  

अपरान्ह पश्चात पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै राति पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। पश्चिमी भूभागका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध समेत गरिएको छ।

काठमाडौं उपत्यकामा वर्षाको सम्भावना रहेको छैन । विहान न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहको छ । अधिकतम तापक्रम २३ देखि २५ डिग्री सेल्सियस हुनेछ । बिहानको भिजिबिलिटी बढेर पाँच किलोमिटर पुगेको छ । 

यस्तो छ सोमबार र मंगलबारको पूर्वानुमान
फागुन १९ गते (सोमबार)

दिउँसोः देशको पुर्वी भूभागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भूभागमा आंशिक बदली रहने छ। पुर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातिः देशको पुर्वी भूभागमा सामान्य बदली रही मध्य तथा पश्चिमी भूभागमा आंशिक बदली रहने छ। पहाडी भूभागका एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

फागुन २० गते (मंगलबार)

दिउँसोः देशको पुर्वी भूभागमा तथा मध्य भूभागमा सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। पुर्वी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पश्चिमी  पहाडी भूभाग एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।

रातिः  देशको पुर्वी भूभागमा तथा मध्य भूभागमा सामान्य बदली रही पश्चिमी भूभागमा आंशिक बदली रहनेछ।

मध्य तथा पूर्वी  पहाडी भूभाग एक दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ