arrow

परिवारसहित कार दुर्घटनामा परे सीपी मैनाली

logo
प्रकाशित २०७६ फागुन १५ बिहिबार
cp-mainali-1.jpg.jpeg

काठमाडौं । नेकपा(माले)का महासचिव चन्द्रप्रकाश मैनाली बिहिबार अपराह्न सडक दुर्घटनामा परी घाइते भएका छन् । गृह जिल्ला झापाबाट काठमाडौँ आउदै  गरेका नेता मैनाली  बिपी राजमार्गमा पर्ने महोत्तरीको बर्दिवास नगरपालिका–३ कालापानीमा सडक दुर्घटनामा परी परिवारका अन्य सदस्यसहित घाइते भएका हुन्।

नेता मैनाली चढेको बा ७ च २१२० नम्बरको कार विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ८६६८ नम्बरको पिकअप भ्यानसँग ठोक्किँदा दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

दुर्घटनामा परी नेता मैनाली, उनका छोरा सरोज, बुहारी पूजा ढुङ्गाना, नाति एन र कारचालक रामप्रसाद पौडेल घाइते भएको इप्रका बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन चापागाइँले जानकारी दिए । दुर्घटनाको खबर पाएलगत्तै प्रहरी टोलीले घाइतेको उद्धार गरी बर्दिबास–१ स्थित जनसेवा अस्पताल पुर्‍याएको थियो । पाँचैजनामध्ये नेता मैनाली र उनकी बुहारी पूजालाई गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ