जनकपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रदेश सरकारको कुनै आवश्यकता नरहेको बताएका छन् । केन्द्रमा एउटा बलियो सरकार र स्थानीय सरकारलाई झन शक्तिशाली बनाउनु पर्ने आवश्यकता रहेको भन्दै बिचको सरकारको कुनै आवश्यकता नरहेका बताए ।
वुधवार जनकपुरमा निर्वाचन अभिमुखिकरण बैठकमा आएका अध्यक्ष थापा वर्तमान संविधानमा सुधारको आवश्यकता रहेको बोल्दै यस संविधानलाई सर्व स्विकार्य बनाउन सुधार गर्नु पर्ने आवश्यकता रहेको बताए।
अध्यक्ष थापाले भने, ‘कसैलाई चित नबुझन सक्छ तर हाम्रो विचारमा बिचको सरकारको कुनै आवश्यकता नरहेका बताए । बिचमा रहेको सरकार आर्थिक दृष्टिकोण लगायत अन्य विभिन्न कारणले धान्नै सक्दैन्।
नेकपा प्रदेश दुईमा पनि सरकार बनाउन लागेको हल्लातर्फ इंगित गर्दै अध्यक्ष थापाले प्रदेश सरकारले दुई वर्षको अवधीमा खासै केही काम गर्न नसकेपनि यही सरकारलाई पाँच वर्ष काम गर्ने अवसर दिनु पर्ने बताए ।
मधेशवादी दलहरुको मागहरुलाई कुनै न कुनै रुपमा संवोधन गर्नु पर्ने आवश्यकता रहेको भन्दै राप्रपाले उठाउँदै आएको हिन्दु राष्ट्र पूर्नस्थापनको निम्ति संविधानमा संसोधनको आवश्यकता रहेको छ ।
धर्म निर्पेक्षताको आडमा संगठित र योजनावद्ध रुपमा धर्म परिवर्तन गराउने काम भईरहेको भन्दै अध्यक्ष थापाले भने, ‘यो धर्म परिवर्तनबाट सनातन हिन्दु राष्ट्रको पहिचान समाप्त भएर विदेशी धर्म र संस्कृति बढने सम्भावना बढेका बताए ।