काठमाडौँ । २०७२ को भूकम्पले भत्किएको काठमाडौँको रानीपोखरीको पुनःनिर्माण हुने क्रम अझै जारी छ । रानीपोखरीको पुनः निर्माण सबैभन्दा सुरुमा थालिएको थियो ।
तर अहिलेसम्म काम पूरा हुन सकेको छैन ।
त्यसैगरी सबैभन्दा पुरानो विद्यालय दरबार हाईस्कूल भने अन्तिम चरणमा पुगेको छ । चीनको सहकार्यमा भएको पुनःनिर्माणले दरबार हाईस्कूल तयारी अवस्थामा पुगेको छ ।
तर चीनमा लागेको कोरोना भाइरसले यो हाइस्कुललाई पनि असर गरेको छ ।
त्यस्तै रानीपोखरीको शिलान्यास भएको तीन वर्षसम्म अलपत्र रहेको रानीपोखरी पछिल्लो समय छिटोछिटो सक्ने गरी तातेको छ । भक्तपुरका कालिगढ कृष्णप्रसाद दुमरुको नेतृत्वमा भक्तपुरको भाजुपोखरी उपभोत्ता समितिमार्फत जिर्णोद्धार भइरहेको छ ।
पुनर्निर्माण प्राधिकरणले जिम्मा लिएपछि प्राधिकरणका कार्यकारी अधिकृत सीईओ सुशील ज्ञवालीले कृष्णप्रसादको टोलीलाई रानीपोखरीमा ल्याएका थिए ।
२०७२ को माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा शिलान्यास भएको रानीपोखरीको पुनर्निर्माण सुरुमा काठमाडौं महानगरपालिकाले पाएको थियो ।
तर महानगरले ठेकदारमार्फत काम गराउँदा प्राचीन सम्पदा पुनर्निर्माणमा एकपछि अर्को लापरवाही भएपछि प्राधिकरणले जिम्मा लिएको थियो ।
अहिले कामको अनुगमन गर्न पुरातत्व विभाग र काठमाडौं महानगरपािलिका सबैलाई राखेर अनुगमन समिति बनाइएको छ ।