काठमाडौं । डिफेन्डिङ च्याम्पियन बार्सिलोना स्पेनिश ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा इबरलाई ५–० गोल अन्तरले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदानमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले ह्याट्रिकसहित चार गोल गरे । यस्तै अर्थरले एक गोल गरे ।
बार्सिलोनाको जितमा मेस्सीले पहिलो हाफमै ह्याट्रिक गरेका थिए । खेलको १४ औं, ३७ औं र ४० औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै मेस्सीले ह्याट्रिक पूरा गरेका थिए ।
८७ औं मिनेटम मेस्सीले चौथो गोल गर्दै बार्सिलोनालाई ४–० को अग्रता दिलाए । ८९ औं मिनेटमा अर्थरले गोल गर्दै बार्सिलोनालाई ५–० को जित दिलाए ।