arrow

स्वर्गिय कोइरालाको स्मृतीमा स्वास्थ्य शिविर

logo
प्रकाशित २०७६ फागुन १० शनिबार
shekhar-koirala-nepaljung.jpg

नेपालगन्ज। नेपाली कांग्रेसका पुर्वसभापति एवम् पुर्वप्रधानमन्त्री सुशील कोइरालाको पाँचौं स्मृती दिवसका अवसरमा बाँकेको डुडुवामा शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ ले आयोजना गरेको उक्त शिविरको कांग्रेस नेता डा. शेखर कोइरालाले शनिबार उद्घाटन गरेका थिए।

क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताका अनुसार उक्त शिविरमा कुल ४ सय ५७ जना आँखाको जाँच गरिएकोमा ६८ जनाको आँखा शल्यक्रियाका लागि फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा रिफर गरिएको छ। यस्तै शिविरमा २ सय ७५ जना कान परिक्षण गरिएकोमा २६ जनालाई नेपालगन्ज रिफर गरिएको गुप्ताले जानकारी दिए।

उक्त शिविरमा ९७ जना महिलाले स्वास्थ्य परिक्षण गराएका छन्। शिविर उद्घाटनका क्रममा प्रमुख अतिथी कोइरालाले केही बिरामीको स्वास्थ्य परिक्षण पनि गरेका थिए। क्षेत्रीय सभापति गुप्ताको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्यद्धय दीपक गिरी र चन्द्र भण्डारी, कांग्रेस बाँकेका सभापति किरण कोइराला लगायतले बोलेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ