वालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ फागुन ८ बिहिबार
447
Shares
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर १ स्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत एक वालिकामाथि बाल यौवन दुरुपयोग गरेको आधारमा बिहिबार एक प्रधानाध्यापक पक्राउ परेका छन् ।
विद्यालयमा कक्षा ३ मा अध्ययनरत १२ वर्षिया छात्रा लाई यौवन दुरुपयोग गरेको पिडित वालिकाकी आमाले उजुरी दिएपछि बिहिबार उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानले बताए।
गत चार महिना अघिदेखि दुलालले आफूलाई बाल यौवन दुरुपयोग गर्ने गरेको भनेर बालिकाले आमालाई भनेपछी घटना सार्बजनिक भएको थियो ।