महोत्सव उद्घाटनका लागि आउने छोटे राजाहरुको सम्मानमा उतार्नु गलत
प्रकाशित २०७६ फागुन ७ बुधबार
558
Shares
प्यूठान। स्वर्गद्धारी प्यूठान चौथो महोत्सवको उद्घाटनका क्रममा विद्यालय बन्द गरेर बिद्यार्थी उपस्थित गराउने निर्णयविरुद्ध नेपाल विद्यार्थी संघ प्यूठानले आपत्ति जनाएको छ ।
बुधवार एक विज्ञप्ति जारी गर्दै नेबिसंघ प्यूठानले प्यूठान नगरपालिकाको कार्यपालिका बैठकको हवाला दिँदै पठनपाठन गर्ने विद्यार्थीहरुलाई बिद्यालय बन्द गराएर महोत्सव उद्घाटनका लागि आउने छोटे राजाहरुको सम्मानमा उतार्नु गलत भएको बताएको छ ।
नेबिसंघ प्यूठानका अध्यक्ष एनपी मगरद्धारा जारी विज्ञप्तिमा वार्षिक परीक्षा नजिकिएको समयमा विद्यालय बन्द गराएर मेला महोत्सव जस्ता स्थानमा कसैको स्वागतका लागि विद्यार्थी उतार्न निर्देशनात्मक पत्राचार गर्नु गलत भएको भन्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पञ्चायती शैलीमा कसैको स्वागत र सम्मानमा विद्यालय बन्द नगराउन पनि नेबिसंघले आग्रह गरेको छ ।