'भ्रष्टाचार गर्नेलाई सरकारले को आफ्नो, को अरुको नभनिकन कारबाही गर्यो'
दुई गुणा रात चौगुणाले विकास र समृद्धि
प्रकाशित २०७६ फागुन १ बिहिबार
629
Shares
उनले सरकारले सयौं नयाँ कानूनहरु निर्माण गरेको सुनाउँदै यसलाई सरकारको सफलतामा दर्ज गराए । उनले भने,‘संक्रमणकालको अन्त्य भएको छ । सरकार अहिले दिन दुई गुणा र रात चौगुणा काम गरेर अघि बढेको छ । अब विकासका गतिविधि अघि बढ्छन् । यो सरकारले अपराधका घट्नाहरु सतहमा ल्याएको छ । भ्रष्टाचार गर्नेहरुलाई कारबाही थालेको छ । को आफ्नो ? को अरुको ? नभनिकन यो सरकारले कारबाही अघि बढाएको छ । सवाल त हामीले सही र गलत हेर्ने हो ।’ पछिल्लो समे अपराध र भ्रष्टाचार अनुशन्धानको दायरा बढेको उनको तर्क छ ।