arrow

पूर्वसचिवकी श्रीमति मुना र कामदार बिजयको अन्त्येष्टि

logo
प्रकाशित २०७६ फागुन १ बिहिबार
muna.JPG

ललितपुर ।  ललितपुर महानगरपालिका वडा नं. २ सानेपामा मृत अवस्थामा भेटिएकी पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्की र घरमा काम गर्न बसेका विजय चौधरीको दाहसंकार गरिएको छ । दुवैको आआफ्नो संस्कार अनुसार दाहसंकार गरिएको हो । मुनाको पशुपति आर्यघाटमा दाहसंकार गरियो भने बिजयको दाङमा गरिएको छ ।

यही माघ २७ गते हत्या भेटिएकी  श्रीमती मुना कार्की र घरमा काम गर्न बसेका विजय चौधरीको परिवारले बुधबार शव अस्पतलमा बुझेका थिए । कार्कीको घरमा २७ गते बिहान उनकी श्रीमती मुनाको हत्या भएको थियो भने चौधरीले झुण्डिएर आत्महत्या गरेका थिए ।

ललितपुरको पाटन अस्पतालमा मुना कार्कीको शव श्रीमान् अर्जुन कार्कीले बुझेका थिए भने विजय चौधरीको शव बाबु जानकी चौधरीले बुझे । चौधरीका परिवारले विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीमा जाहेरी पनि दिएको छ ।

मृत अवस्थामा भेटिएकी मुना कार्कीको हत्या भएको ‘पोस्टमार्टम रिपोर्ट’मा देखिएको छ ।  यसअघि प्रहरीको प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको देखिएको थियो । पाटन अस्पतालमा गरिएको मुना कार्कीको 'पोस्टमार्टमको रिपोर्ट'मा मृत्युको कारण हत्या नै भएको देखिएको हो।
 
कार्कीको घरको सिसिटिभी हेरेपछि प्रहरीले मुनाको हत्यामा बिजयले नै गरेको प्रारम्भिक निष्कर्ष निकालेको थियो । सिसिटिभी फुटेजमा मुनालाई विजयले लछारपछार गरि कुटपिट गरेको देखिएको छ। साथै भुइँमा समेत टाउको ठोक्काएको देखिएको प्रहरी स्रोतले बताएको छ। मुनाको टाउकामा लागेको गम्भीर चोटका कारण निधन भएको चिकित्सकले बताएका छन् ।

महानगरीय प्रहरी परिसरका अनुसार चौधरीले मुनालाई हिर्काएर अचेत बनाई आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घरमा रहेको सिसी टिभीको दृश्यमा समेत सोही कुरा पुष्टि हुने प्रहरीले जनाएको छ । उनीहरुको मोबाइललगायत सामग्री अनुसन्धानका लागि पठाइएको छ। चौधरी सानैदेखि सोही घरमा कामदारका रुपमा बसेका थिए ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ