काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार आगामी ७२ घण्टामा कुनै पनि स्थानमा खतराको अवस्था रहेको छैन ।
उनका अनुसार हाल देशको पश्चिमी तथा पूर्वी पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
तराई भने शान्त रहेको छ ।
दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ।
राती देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
काठमाडौं उपत्यकामा मौसम सफा रहेको छ । न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस तापक्रम रहेको छ । भिजिबिलिटी तीन किलोमिटर रहेको थियो ।
न्यूनतम तापक्रम बिस्तारै बढ्ने देखिएको छ ।
काठमाडौं उपत्यकामा सोमबारको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रहेको थियो भने अधिकतम तापक्रम २०.१ डिग्री सेल्सियस रहेको थियो ।
यस्तो छ बुधबार र बिहीबारको मौसम पूर्वानुमान
माघ २९ गते (बुधबार)
दिउँसोः देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
रातीः देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
फागुन १ गते (बिहीबार)
दिउँसोः देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
रातीः देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।