छालाको जुत्तासहित प्रवेश गरी गोली पड्काउँदै तर्छाएकोमा आपत्ति
प्रहरीले बम्जन आश्रममा गरेको व्यवहारप्रति आपत्ति
प्रकाशित २०७६ माघ २७ सोमबार
637
Shares
काठमाडौं । प्रहरीले सिन्धुलीमा रहेको आश्रमस्थलमा गरेको व्यवहारप्रति बोधी श्रवण धर्म संघले आपत्ति जनाएको छ । संघले ;Jdaf/ पत्रकार सम्मेलनमा प्रहरीले गरेको तोडफोड र अमानवीय व्यवहार गरेको भन्दै आपत्ति जनाएको हो ।
यही माघ २४ गते बिहानै प्रहरीले हात हतियारसहित विनासूचना बोधी श्रवण धर्म संघको आस्थाको केन्द्रमा महासम्बोधी धर्म संघ गुरुको बासस्थान प्रवेश मूलद्वारको ताला तोडफोड गरेकामा आपत्ति रहेको सो अवसरमा वितरित बोधी श्रवण धर्म संघका अध्यक्ष नीलबहादुर थिङ्गद्वारा हस्ताक्षरित मैत्रीय विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शान्त तथा शालीन मैत्रीय वातावरण र धार्मिक आस्थामाथि छालाको जुत्तासहित प्रवेश गरी गोली पड्काउँदै आतङ्कित बनाई अमिलो र बिझाउने शब्दको प्रयोग भएकामा समेत संघले आपत्ति जनाएको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा धर्म संघले सरकारसमक्ष न्याय, न्यायोचित विधि, प्रक्रिया र व्यवहारमा सदा साथ दिने प्रतिबद्धता जनाउँदै विधि र प्रक्रियाबाट समस्याको समाधान गर्न सम्बन्धित सबैमा मैत्रीय आग्रह गरिएको छ ।
यसका साथै विज्ञप्तिमा बोधी मार्ग दर्शन मैत्री धर्ममा देश तथा विदेशमा रहेका संघ भक्त, अनुयायी तथा शुभचिन्तकमा धर्मप्रति मैत्रीय व्यवहार र आचरणमा अविचल रहन र आवेग, उत्तेजनामा नआउन मैत्रीय ध्यानाकर्षण गराइएको छ ।