arrow

गाउँमा के को आयोनुन, अझै चल्छ ढिके 

logo
प्रकाशित २०७६ माघ २७ सोमबार
dhike-salt.jpeg

रुकुम पूर्व । रुकुम पूर्वका विभिन्न ग्रामीण क्षेत्रमा अझै  ढिके नुनको प्रयोग हुने गरेको छ । बजारमा पाइने खुला  नुनको प्रयोगले मानिसको स्वास्थ्यलाई असर गर्छ ।

साल्ट टे«डिङ कर्पोरशनद्वारा वितरित  आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भएपनि जिल्लाका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन ।  

सिस्ने गाउँपालिका–१, २, ४, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका अधिकांश गाउँमा सो नुन प्रयोग गर्नेको सङ्ख्या अझै नघटेको बताइएको छ । पुथाउत्तरगङ्गा गाउँपालिकामा घोडाबाटै बोराका बोरा ढिके नुन ढुवानी हुने गरेको छ । 
सस्तो र सजिलो   भएकाले आफूहरुले ढिके नुन प्रयोग गर्दै आएको भूमे गाउँपालिका–२ का सुजन घर्ती मगरले बताउनुभयो । बजारमा आयोडिनयुक्त नुन पाइने गर्दछ ।  

ढिके नुनभन्दा महङ्गो पर्ने र स्वादमा पनि फरक हुने भएकाले आयोडिनयुक्त नुनको प्रयोग नगरेको उनले जानकारी दिए । ढिके नुनको प्रतिकिलो २० रुपैँया र  आयोडिनयुक्त नुन रु ३० पर्ने बताइएको छ ।  

‘आयोडिनयुक्त नुनको प्रयोग गर्नुपर्छ’ भन्ने चेतनाको अभावले ढिके नुनको प्रयोग गर्न नछाडेका सिस्ने गाउँपालिका–५ का प्रकाश मगरले बताए । सरकारले ‘दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ’ भनेपनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ