arrow

चीनबाट नेपाली ल्याउन ढिला नगर्न सरकारलाई डा शेखर कोइरालाको आग्रह

logo
प्रकाशित २०७६ माघ २७ सोमबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले चीनबाट नेपाली ल्याउन ढिला नगर्न सरकारसंग आग्रह गरेका छन् । 

कोरोना भाइरसले प्रभावित चीनबाट नेपालीहरु नेपालमा आउन चाहिरहेका बेलामा सरकारले भने ल्याउन सकिरहेको छ । 

उनीहरुलाई राख्ने क्वारेन्टाइन स्थल खोज्दाखोज्दै ढिलाइ भएको सरकारले जनाएको छ । 

डा कोइरालाले सामाजिक संजालमार्फत सरकारलाई छिट्टै नेपाल ल्याउन आग्रह गरेका हुन् । 

यस्तो छ उनको ट्वीटर सन्देश– 

‘चीनको हुपै प्रान्तमा रहेका १८१ नेपाली संक्रमणको त्रासले हप्तौंदेखि कोठाभित्र निशासिन बाध्य छन्। कोरोना भाइरसबाट जोगिन संघर्षरत उनीहरुले घर फर्कन सरकार गुहारेको समाचार आइरहेका छन्। परिवारको ब्याकुलता उस्तै। किन सरकार संवेदनशिल नभएको ? मानवता खै ? फर्काउन ढिलाई नगरौं। राज्यको अनुभुति गराऔं।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ