चमार समुदायका विद्यार्थीहरुको उच्च शिक्षा हासिलका लागि चमार विद्यार्थी छात्रवृति कोषको स्थापना
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ २६ आइतबार
263
Shares
धनुषा । धनुषामा ६४३ औ सन्त शिरोमणि गुरु रविदास जिको जन्म जयन्तीको अवसरमा चमार समुदायका विद्यार्थीहरुको उच्च शिक्षा हासिलका लागि चमार विद्यार्थी छात्रवृति कोषको स्थापना गर्ने भएको छ ।
आइतबार उक्त कोषले खास गरि चमार सामुदायिका गरिव जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा अध्ययनको लागि कोषबाट छात्रवृति प्रदान गर्नेछ । यस पवित्र कार्यको लागि सबैले सहयोग गर्नु पर्ने छ ।
छात्रवृत्ति कोष स्थापना हुने भएकोले चमार समुदाय लगायत आर्थिक सहयोग गर्न चाहने सवै समुदाय वर्ग र संस्थाहरुलाई अनुरोध गरिएको छ ।
चमार विद्यार्थी छात्रवृसत्त कोष स्थापना अभियान आइतबारबाट थालनी भएको छ । उक्त कोषमा मानवअधिकारकर्मी बिनोद महराले रु ११००५ सहयोग दिने घोषण समेत गरेका हुन् ।
अरुले आर्थिक सहयोग गर्न चाहेमा नेपाल रविदास उत्थान समाजलाई सम्पर्क गर्न सकिने समाजको महासचिव रामो महराले बताए।
नेपाल र विदास उत्थान समाजको आयोजनामा सन्त शिरोमणि गुरु रविदास जिको ६४३औ जयन्ती कार्यक्रम सम्पन्न भएको छ । नेपाल रविदास उत्थान समाजका अध्यक्ष रामेश्वर महराको अध्यक्षतामा भएको सो कार्यक्रममा बिहार, भारतका संगठन प्रमुख डा गोपाल राम प्रमुख अतिथि भएका थिए ।
भारत बिहारका प्रतिनिधि डा सुरेश बर्मा विशिष्ट अतिथि रहेका छन् । जातीय विभेद लगायतका विभिन्न किसिमका हिंसा एबम् विभेदहरु समाजमा चरमउत्कर्षको अवस्थामा गुरु रविदास जीले आफ्नो सद्बिचारको माध्यमबाट समाजमा समता एबम् समानता कायम गर्नका लागि ठुलो योगदान दिएका हुन् । संसार भरीमा उनको कृति एबम् महानतमको चर्चा गर्ने गरिन्छ ।
माघ पूर्णिमाको दिनमा भारतको बनारस लगायत संसारका विभिन्न देशहरुमा सन्त शिरोमणि गुरु रविदास जीको जन्म जयन्ती मनाउने गर्दछन् । आदर्शवादी सोच र चिन्तनद्वारा समाजमा रहेका विभेद, कुरीति, अन्धबिश्वास एबम् शोषण अन्त्य गर्नका लागि उनले गरेका कार्यहरु समाजमा सदैव स्मरणीय रहनेछ ।
नेपाल रविदास उत्थान समाजको आयोजना भएको उक्त कार्यक्रममा धनुषा, सिरहा महोत्तरीसमेतबाट सहभागीहरु उपस्थित भएका थिए ।