arrow

पचहत्तर हजार घुस लिँदालिँदै नापी कार्यालयका सर्भेक्षक पक्राउ 

logo
प्रकाशित २०७६ माघ २४ शुक्रबार
ciaa-office-hq.jpg.jpeg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय वीरगञ्जमा कार्यरत सर्भेक्षक रामनरेश पासवानविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

निजले जग्गा हालसाविक गरी पुनःनापीको जग्गाधनी प्रमाणपुर्जा बनाइदिने बहानामा सेवाग्राहीसँग रु ७५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।

निजले सेवाग्राहीसँग जग्गा हालसाविक गरी नयाँ पूर्जा मिलाइदिने भनी उक्त रकम घुस लिएको तथ्य निर्विवाद पुष्टि भएको आयोगले आरोप लगाएको छ । 

यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरणको कुलेश्वर वितरण केन्द्रमा ज्यालादारीमा कार्यरत कृष्णमुरारी चौधरीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

निजले बिजुलीको पोल राखिदिने विषयमा सेवाग्राहीसँग रु २५ हजार घुस लिएको अवस्थामा आयोगको टोलीले नियन्त्रणमा लिएको थियो ।

यसैगरी आयोगले बिहीबारै सवडिभिजन कार्यालय सैनामैना रुपन्देहीमा कार्यरत सहायक वन अधिकृत पुष्पराज श्रेष्ठविरुद्ध पनि आरोपपत्र दायर गरेको छ ।

घर निर्माणका लागि काठ उपलब्ध  गराउन ‘भेरिफिकेसन’ गराएवापत सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आयोगले आरोप लगाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ